Skip to content
LAXMI SUNRISE BANK

बजार समयमा टिकटक र क्लब हाउसमा लाइभ गर्नेमाथि सेबोनको निगरानी, सीआईबीको सहयोगमा कार्वाहीको तयारी !

अर्थ सरोकार

काठमाडौँ । सेयर बजारका समयमा टिकटक र क्लब हाउसमा लाइभ गरी सेयर बजारलाई प्रभावित पार्नेहरुमाथि नियामक नेपाल धितोपत्र बोर्डले निगरानी सुरु गरेको छ  । टिकटक र क्लब हाउसमा लाइभ आएर ‘फलानो सेयर किन, फलानो बेच’ भन्दै कराउनेहरुमाथि बोर्डले निगरानी सुरु गरेको हो । केहि समय यसबारे अध्ययन गरेर थप नीतिगत निर्णय लिने, र सीआईबीको सहयोग लिएर उनीहरुलाई कार्वाहीको तयारीसमेत बोर्डले गेरको छ  ।
नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले यसरी सामाजिक सञ्जालको दुरुपयोग गरेर सेयर बजार प्रभावित पार्नेहरुलाई बोर्डले निगरानी गरिरहेको बताए । त्यस्तो गलत काम गर्नेहरुलाई सम्बन्धित निकायको सहयोग लिएर आवश्यक कार्वाही गर्ने तयारीमा समेत बोर्ड रहेको उनले बताए ।
‘हामीले कार्वाही गर्न मिल्नेहरुलाई हामीले कार्वाही गर्ने हो र गरिरहेका पनि छौँ । तर सामाजिक सञ्जाल र साइबर अपराधको विषय फरक विषय हो । यसमा प्रहरीको सहयोग लिन आवश्यक छ ।’ बोर्ड अध्यक्ष हमालले अर्थ सरोकारसँग भने, ‘बजार प्रभावित पार्ने वा बजारका बारेमा अनर्गल प्रचार गर्नेहरुविरुद्ध कानुनी उपचार गर्नुपर्छ भन्ने कुरामा हामी स्पष्ट छौँ ।’
बोर्ड अध्यक्ष हमालले विना आधार र प्रमाण बोर्डका जिम्मेवार अधिकारीको चरित्र हत्या गर्नेहरुविरुद्ध आफुहरुले कानुनी उपचारको तयारीसमेत गरेको बताए । ‘विना आधार र प्रमाण अरुको बोर्डमा कार्यरतहरुको चरित्र हत्या गर्नेहरुविरुद्ध पनि कानुनी उपचारमा जाँदैछौँ । यसका लागि आवश्यक तयारी गरिसकेका छौँ ।’
उनले सामाजिक सञ्जालको दुरुपयोग गरी बजारबारे भ्रम छर्ने, बजारमा कुनै अमुक कम्पनीको सेयर किन्न वा बेच्न प्रोत्साहित गर्ने काम पनि गलत भएको र यसविरुद्ध बोर्ड लागि पर्ने बताएका छन् । ‘आवश्यक निगरानी भईरहेको छ । हामी गलत काम गर्ने सम्बन्धित व्यक्तिलाई कार्वाही गरेरै छाड्छौँ । यसको विकल्प पनि छैन ।’ बोर्ड अध्यक्ष हमालले भने ।
पछिल्लो समय बजार समयमा टिकटकमा लाइभ गरी केहि व्यक्तिले गैरकानुनी रुपमा बजार प्रभावित गरेको विषयलाई लिएर बोर्डको ध्यानाकर्षण भएको बोर्ड अध्यक्षको भनाई छ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK