×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नाफा घटे पनि १८ वाणिज्य बैंकको तुलनामा नबिल बैंक अरुभन्दा अब्बल, मेगाले बढी नाफा गरे पनि नम्बर १ को ताज अझै कायम !

PRIME CA
GLOBAL IME BANK

नाफा घटे पनि १८ वाणिज्य बैंकको तुलनामा नबिल बैंक अरुभन्दा अब्बल, मेगाले बढी नाफा गरे पनि नम्बर १ को ताज अझै कायम !

१७ कार्तिक २०८०, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । नबिल बैंकल लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार पहिलो त्रैमासमा नबिलको नाफा ६.५१ प्रतिशतले घटेको छ ।

बैंकले गत आर्थिक वर्षको सोही अवधिमा १ अर्ब ५७ करोड १५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । तर, चालु आर्थिक वर्षमा बैंकको इम्पेरमेन्ट चार्जमा दबाब परेपछि खुद नाफा ६.५१ प्रतिशतले घटेर १ अर्ब ४६ करोड ९३ लाखमा सिमित भएको छ । तर, नाफामा सामान्य गिरावट भए पनि नबिल बैंक नेपाल इन्भेष्टमेन्ट मेगा बैंक बाहेक अन्य १८ बाणिज्य बैंक भन्दा अब्बल नै छ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकको खुद ब्याज आम्दानी १३.५१ प्रतिशत र खुद फि तथा कमिशन आम्दानी २०.२१ प्रतिशत बढेको छ । त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी १३.७० प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ४.६८ प्रतिशत घटेको छ । तर, बैंकको इम्पेरमेन्ट चार्ज बढेर १ अर्ब ११ करोड पुगेको छ ।

समीक्षा अवधिमा बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब ६० करोड ९८ लाख रुपैयाँ रहेको छ भने प्रतिशेयर वितरणयोग्य मुनाफा १३ रुपैयाँ ३४ पैसा रहेको छ ।

त्यस्तै, नाफासँगै समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी (ईपीएस) पनि घटेको छ । यस अवधिमा बैंकको ईपीएस ५ रुपैयाँ २९ पैसा घटेर २१ रुपैयाँ ७२ पैसामा सीमित भएको छ । पहिलो त्रैमाससम्ममा बैंकको मूल्य आम्दानी अनुपात २६.७२ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २१८ रुपैयाँ २७ पैसा रहेको छ । हाल नबिल बैंकको जगेडा कोषमा ३२ अर्ब रुपैयाँ सञ्चित छ । पछिल्लो तीन महिनामा बैंकको निक्षेप ४.५४ प्रतिशत बढेको छ भने कर्जा ६.२७ प्रतिशत बढेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: