काठमाडौँ । व्यवसायी दुर्गा प्रसाईंलाई अघोषित नजरबन्दमा राखिएको छ । शुक्रबार प्रसाईंको घरमा ठूलो संख्यामा प्रहरी परिचालन गर्दै सरकारले प्रसाईंलाई नजरबन्दमा राखिएको प्रसाईंका समर्थकहरुले दाबी गरेका हुन् । उनीहरुका अनुसार अहिले पनि प्रसाईंको निवासमा प्रहरी तथा सशस्त्र प्रहरीको टोली परिचालन गरेको छ ।
प्रसाईंले बिहीबार बल्खुको प्रदर्शनपछि शुक्रबार तिनकुनेमा कार्यक्रमको घोषणा गरेपछि सरकारले प्रसाईंलाई ‘अघोषित नजरबन्दमा’ राखेको प्रसाईंका समर्थकले बताएका छन् ।
यता प्रसाईं सत्य कुरा बोल्दा सरकारले आफूलाई नजरबन्दमा राखेको बताएका छन् । पत्रकार सम्मेलनको आयोजना गर्दै प्रसाईंले आफूलाई अघोषित रुपमा नजरबन्दमा राखे पनि आन्दोलनका कार्यक्रम नरोकिने दाबी गरेका छन् ।
अहिले प्रसाईंको निवासमा सरकारले ठूलो संख्यामा प्रहरी परिचालन गरेको छ । उनलाई घरबाट बाहिर निस्किन नदिने गरी तयारी गरिएको प्रसाईंका समर्थकले बताएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्