×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नक्कली सर्टिफिकेट बनाउने २३ बर्षीय साइरस पक्राउ, ‘बैंकका कर्मचारीलाई पनि बनाईदिन्छु भन्थे नक्कली कागजात’

PRIME CA
GLOBAL IME BANK

नक्कली सर्टिफिकेट बनाउने २३ बर्षीय साइरस पक्राउ, ‘बैंकका कर्मचारीलाई पनि बनाईदिन्छु भन्थे नक्कली कागजात’

१५ कार्तिक २०८०, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । प्लस टुको नक्कली सर्टिफिकेट बनाउने एक जना प्रहरीको फन्दामा परेका छन् ।  काठमाडौं महानगरपालिका ३२ घर भई नयाँ बानेश्वरमा ग्राफिक डिजाइनिङ्ग एण्ड प्रिन्टिङ सर्भिस चलाउने २३ वर्षीय साईरस विसंखे पक्राउ परेका हुन् । नक्कली सर्टिफिकेट बनाउने गरेको सूचनाका आधारमा  प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।
विदेश जानेहरुलाई र बैंकमा प्रमोसनका लागि चाहिने सर्टिफिकेट लगायतका कागजात बनाउने ठाउँ भनेर उनको पसल अलि अघिदेखि नै चर्चामा थियो । अन्तत: विदेश जानेहरुलाई नक्कली सर्टिफिकेट बनाएर दिएको पुष्टी भएपछि थप अनुसन्धानका लागि उनलाई प्रहरीले पक्राउ गरेको प्रहरीको भनाई छ । विदेश जाने बेलामा शंका लागेर कागज बरामद भएकाहरुमध्ये राहुलकुमार मण्डलको प्लस टुको सर्टिफिकेट नक्कली पुष्टि भएपछि प्रहरीले मण्डललाई केरकार गरेको थियो । मण्डलले आफुले नक्कली सर्टिफिकेट बनाउने ठाउँ भनेर साइरसको पसल देखाएपछि साइरसको पोल खुलेको हो ।
प्रहरीले साईरसलाई प्रिन्टिङ सर्भिसबाट एक थान मोबाइल तथा सीपियु, राहुलको प्लस टुसको नक्कली सर्टिफिकेटसहित नियन्त्रणमा लिएको छ । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका निम्ति प्रहरी वृत्त नयाँ बानेश्वर पठाइएको छ ।
उनको सो ठाउँ सुरुदेखि नै यस्ता नक्कली कागजात बनाउने ठाउँ रहेको वरपरका पसलमा आउजाउ गर्नेहरु बताउँछन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: