काठमाडौँ । नेपाल बैंकले भूकम्पबाट प्रभावित समुदायलाई आर्थिक सहयोग उपलब्ध गराएको छ । बैंकले जाजरकोट जिल्लामा भुकम्पबाट मानवीय तथा भौतिक क्षति भएका समुदायलाई आर्थिक सहयोग उपलब्ध गराएको हो ।
बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कोषबाट ५० लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा सहयोग गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय बालुवाटारमा आईतवार आयोजित एक कार्यक्रममा बैंकको सञ्चालक समितिका अध्यक्ष डा. चन्द्रबहादुर अधिकारीले उक्त चेक हस्तान्तरण गरेका हुन् ।
यस्तै, कम्पनीबाट भूकम्प पीडितका लागि आर्थिक सहयोग प्रदान भएकोमा प्रधानमन्त्री दाहालले बैंक परिवारलाई धन्यवाद दिएका थिए । उक्त कार्यक्रममा बैंकको सञ्चालक समितिका अध्यक्ष डा. चन्द्रबहादुर अधिकारीले बैंकले दैवी तथा प्राकृतिक प्रकोप, महामारीको रोकथाम तथा नियन्त्रण लगायत विभिन्न विपत्को समयमा आर्थिक सहयोग प्रदान गर्दै आएकोमा सो को निरन्तरता स्वरूप भूकम्प पीडितलाई आर्थिक सहयोग प्रदान गरेको जनाएका छन् । साथै, आगामी दिनमा बैंकको तर्फबाट यस प्रकारको सहयोग जारी रहने प्रतिवद्धता व्यक्त गरेका थिए ।
उक्त कार्यक्रममा सञ्चालक समिति सदस्य विवेक शम्शेर जबरा, कामु प्रमुख कार्यकारी अधिकृत समता पन्त, बैंकका कम्पनी सचिव केशव प्रसाद भण्डारी तथा बरिष्ठ प्रबन्धक विश्वराज भण्डारीसमेतको उपस्थिति रहेको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्