×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बुधबार नेप्सेमा ३ः२४ मिनेटसम्म कारोबार हुने

PRIME CA

बुधबार नेप्सेमा ३ः२४ मिनेटसम्म कारोबार हुने

१३ मंसिर २०८०, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार समय थप गरिएको छ । एक सूचना जारी गर्दै नेप्सेले कारोबार समय थप गरेको जनाएको हो ।

नेप्सेको सिस्टममा देखिएको समस्याका कारण बुधबार बिहान प्रिओपन सेसनमा कारोबार हुन सकेन । त्यस्तै, प्रिओपनिङ कारोबार नभएपछि नियमित कारोबार २४ मिनेट ढिला गरि सुरु भएको थियो ।

सिस्टममा देखिएको समस्या समाधान पछि हाल कारोबार सुरु भएको छ । तर, ढिलो गरी कारोबार सुरु भएकोले बुधबार नियमत समयभन्दा ढिलो गरी बजार बन्द हुने नेप्सेले जनाएको छ ।

‘आज मिति २०८०/०८/१३ मा नियमित सत्रको कारोबार ११ः२४ देखि सुचारु भएको छ । कारोबार अवरुद्ध भएको समय (२४ मिनेट) थप गरी कारोबार समय ३ः२४ सम्म कायम गरिएको व्यहोरा समेत अनुरोध छ ।’, नेप्सेको सूचनामा भनिएको छ ।

बुधबार सिस्टममा समस्या देखिएपछि आक्रोशित लगानीकर्ताहरुले नेप्सेको यही रबैयाको अन्त्यका लागि भए पनि नयाँ स्टक एक्सचेञ्ज आवश्यकता रहेको बताएका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: