×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

दाईभाईलाई टिका, मसला र उपहार, तस्वीरमा हेर्नुहोस् न्युरोडको व्यापार (फोटो-कथा) 

PRIME CA
GLOBAL IME BANK

दाईभाईलाई टिका, मसला र उपहार, तस्वीरमा हेर्नुहोस् न्युरोडको व्यापार (फोटो-कथा) 

२७ कार्तिक २०८०, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । फूलैफूलको पर्व ‘तिहार’ आँगनमै छँदा धेरैमा यसको उत्साह बेग्लै छ । पहिलो दिन कागको पूजा, दोस्रो दिन कुकुर र लक्ष्मीको पूजा, तेस्रो दिन गाईको पूजापछि अहिले चौँथो दिन गोवद्र्धन तथा म्हः पूजासँगै पाचौँ दिनको भाईटिकाको प्रतिक्षा बेग्र छ ।  

लक्ष्मी पूजा सकेसँगै अहिले बजारमा भाईटिकाको लागि किनमेल गर्नेहरुको भीड छ । व्यापारिक हवनका रुपमा रहेको न्युरोडमा अहिले सामान किन्ने र बेच्नेको उस्तै उत्साह छ । अन्य समयमा खाली रहने फुटपाथ यतिबेला फुटकर व्यापारीले भरिएको छ । व्यापारीहरु फूलका माला, दियो, कलश, पूजा सामाग्री, सप्तरंगी टिका, भाईमसला र उपहारका सामान पुठपाथमै फिँजाएर व्यापार गरिरहेका छन् । 

अरुबेला फुटपाथ व्यापारमा कडाइ गरेको महानगरले तिहारको समयमा केही खुला गरेसँगै न्युरोडमा फुटकर व्यापारीहरु बडो उत्साहका साथमा सामान बेचिरहेका छन् भने ग्राहकहरु पनि सहज रुपमा सामानको किनमेलमा जुटेका छन् । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: