×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनआईसी एशिया बैंकको अधिकांश सूचक घट्यो, नाफा ४२ प्रतिशतले घट्दा ईपीएस झनै ३२ रुपैयाँले तल झर्यो

PRIME CA

एनआईसी एशिया बैंकको अधिकांश सूचक घट्यो, नाफा ४२ प्रतिशतले घट्दा ईपीएस झनै ३२ रुपैयाँले तल झर्यो

अर्थ सरोकार

प्रकाशित मिति : १७ कार्तिक २०८०, शुक्रबार

काठमाडौँ । एनआईसी एशिया बैंकको नाफा ४२ प्रतिशतले घटेको छ । बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै खुद नाफा ४२.४९ प्रतिशतले घटेको जनाएको हो ।

बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १ अर्ब १ करोड ३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जबकी बैंकले गत वर्षको सोही अवधिमा १ अर्ब ७५ करोड ६७ लाख रुपैयाँ नाफा कमाएको थियो । पहिलो त्रैमासमा बैंकको खुद ब्याज आम्दानी घट्नुका साथै इम्पेयरमेन्ट चार्ज बढेका कारण बैंकको नाफामा दबाब पुगेको हो ।

बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार यसअवधिमा बैंकको खुद ब्याज आम्दानी १७.५५ प्रतिशतले घटेको छ भने खुद फी आम्दानी तथा कमिशनमा २७.४१ प्रतिशतले वृद्धि भएको छ ।

त्यस्तै, समीक्षा अवधिमा बैंकको इम्पेरमेन्ट चार्ज बढेर ६४ करोड ४३ लाख पुगेको छ । त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी ११.११ प्रतिशत र सञ्चालन मुनाफा ३८.९४ प्रतिशतले घटेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमम्ममा बैंकको वितरणयोग्य मुनाफा भने ९८ करोड ४२ लाख रुपैयाँ ऋणात्मक रहेको छ ।

चालु आवको पहिलो त्रैमासमा बैंकको नाफासँगै प्रतिसेयर आम्दानी (ईपीएस) पनि घटेको छ । यस अवधिमा बैंकको ईपीएस ३२ रुपैयाँ ५३ पैसाले घटेर ५९ रुपैयाँ ६२ पैसाबाट २७ रुपैयाँ ९ पैसा कायम भएको छ । हाल बैंकको प्रतिसेयर नेटवर्थ २०२ रुपैयाँ ५ पैसा रहेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: