×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

LAXMI SUNRISE BANK updated

एनआईसी एशिया बैंकले ब्याजदर घटायो

काठमाडौँ । एनआईसी एशिया बैंकले मंसिरका लागि ब्याजदर घटाएको छ । यसअघिसम्म डबल डिजिटमा रहेको मुद्धती निक्षेपको ब्याजदर बैंकले मंसिरका लागि भने सिंगल डिजिटमा झारेको हो ।

बैंकले मंसिरका लागि प्रकाशित गरेको ब्याजदरअनुसार व्यक्तिगततर्फ ३ महिनादेखि १५ वर्षसम्मको मुद्धति निक्षेपको ब्याजदर ८.९६८ प्रतिशत रहेको छ । त्यस्तै, संस्थागततर्फ ६ महिनादेखि १५ वर्षसम्मको मुद्धति निक्षेपको ब्याजदर ६.९६८ प्रतिशत रहेको छ ।

त्यस्तै, बैंकले कल निक्षेपको ब्याजदर पनि घटाएर २.२९२ प्रतिशत पुर्याएको छ भने बचतको ब्याजदर ६.५८५ प्रतिशत पुर्याएको छ । मंसिरका लागि ब्याजदर घटाउने एनआईसी एशिया बैंक पहिलो बैंक हो ।

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: