×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ऋणमुक्त भएसँगै बोनस बाँड्ने तयारीमा आयल निगम, विवादबाट बच्न डिजेल र मट्टितेलको भाउ सूचना चुहाएर घटाइयो

PRIME CA

ऋणमुक्त भएसँगै बोनस बाँड्ने तयारीमा आयल निगम, विवादबाट बच्न डिजेल र मट्टितेलको भाउ सूचना चुहाएर घटाइयो

१४ मंसिर २०८०, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । नेपाल आयल निगमले ऋण मुक्त भएको अवसरमा इन्धनको मूल्य घटाएको छ । बिहीबर मध्यराति १ बजेदेखि लागू हुने गरी डिजेल, मट्टितेल र पेट्रेलको मूल्य घटाएको हो । मूल्य घट्न लागेको सूचना यसअघि नै निगमका अधिकारीहरुले चुहाईसकेका थिए । सोहि सूचना अनुसार पेट्रोल पम्पहरुले पेट्रोल भरेका थिएनन् ।
निगमका अनुसार पेट्रोलमा प्रति लिटर २ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रति लिटर ४ रुपैयाँ मुल्य घटेको छ । एलपी ग्यासको मूल्य भने यथावत छ । अवको नयाँ मूल्यअनुसार चार आली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज डिपोको १५ किलोमिटर क्षेत्रमा पेट्रोलको १६७ रुपैयाँ ५० पैसा पर्नेछ । सुर्खेत र दाङ क्षेत्रमा १६९ रुपैयाँ तथा काठमाडौं, पोखरा र दिपालय डिपोको १५ किलोमिटर क्षेत्रमा एक लिटर पेट्रोलका लागि १७० रुपैयाँ पर्ने छ भने डिजेल र मट्टितेल भने क्रमशः १५७ रुपैयाँ ५० पैसा, १५९ रुपैयाँ र १६० रुपैयाँ पर्नेछ । यस्तै एलपी ग्यासको मुख्य प्रति सिलिण्डर १८९५ रुपैयाँ नै कायम हुनेछ ।

ऋण मुक्त भएको अवसरमा आयल निगम बोनस बाँड्ने तयारीमा समेत छ । बोनस बाड्दा विवाद नहोस् भनेर निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको हो । यसलाई निगमले जनताको हितका लागि गरेको काम भनेको छ । नै कायम रहेको निगमले जनाएको छ ।
हेर्नुहोस् आयल निगमको सूचना

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: