काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक वाणिज्य बैंकहरुमा सबैभन्दा धेरै नाफा कमाउने बैंक बनेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा बैंकले १ अर्ब ५२ करोड २२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन गत आर्थिक वर्षको तुलनामा ३३.४७ प्रतिशत बढी हो । बैंकले गतवर्षको सोही अवधिमा १ अर्ब १४ करोड रुपैयाँ नाफा कमाएको थियो ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी पनि बढेर ४ अर्ब १६ करोड १० लाख रुपैयाँ पुगेको छ । त्यस्तै, बैंकको सञ्चालन मुनाफा पनि ५९.९० प्रतिशतले बढेर २ अर्ब ६० करोड ५४ लाख पुगेको छ ।
असोज मसान्तसम्ममा बैंकले इम्पेयरमेन्ट चार्जबापत ६४ करोड ६ लाख रुपैयाँ छुट्याएको छ । नाफा बढे पनि समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) २४ रुपैयाँ ९२ पैसाबाट घटेर १७ रुपैयाँ ८४ पैसा कायम भएको छ । हाल बैंकको प्रतिसेयर नेटवर्थ १७३ रुपैयाँ ३७ पैसा रहेको छ ।
कुल चुक्त पूँजी ३४ अर्ब १२ करोड ८५ लाख रुपैयाँ रहेको यस बैंकको जगेडाकोषमा २५ अर्ब ८९ करोड ३८ लाख रुपैयाँ जम्मा रहेको छ । त्यस्तै, पहिलो त्रैमासमा बैंकको खराब कर्जा बढेर ४.८३ प्रतिशत पुगेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्