×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

फर्स्ट क्वाटर रिपोर्टः एनएमबिको नाफामा सामान्य सुधार, ईपीएस १ रुपैयाँ २९ पैसाले बढ्यो (थप विवरणसहित)

PRIME CA

फर्स्ट क्वाटर रिपोर्टः एनएमबिको नाफामा सामान्य सुधार, ईपीएस १ रुपैयाँ २९ पैसाले बढ्यो (थप विवरणसहित)

अर्थ सरोकार

प्रकाशित मिति : १७ कार्तिक २०८०, शुक्रबार

काठमाडौँ । एनएमबि बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार पहिलो त्रैमासमा बैंकको खुद नाफामा सामान्य बढोत्तरी भएको छ । यसअवधिमा बैंकको खुद नाफा ६.५३ प्रतिशतले बढेको हो ।

बैंकले समीक्षा अवधिमा ९६ करोड ३२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यसअघि गतवर्षको सोही अवधिमा भने बैंकले ९० करोड ४१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

त्यस्तै, बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार पहिलो त्रैमासमा बैंकको खुद ब्याज आम्दानी ८.२९ प्रतिशतले बढेको छ भने खुद फि तथा कमिसन ६.०७ प्रतिशतले बढेको छ । त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी ५.८९ प्रतिशत र सञ्चालन मुनाफा ६.५१ प्रतिशतले बढेको छ । पहिलो त्रैमासमा बैंकको खुद ब्याज आम्दानी बढेसँगै खुद नाफा पनि बढ्न पुगेको हो ।

नाफासँगै समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) पनि सामान्य बढेको छ । यस अवधिमा बैंकको यस्तो आम्दानी १ रुपैयाँ २९ पैसाले बढेर २० रुपैयाँ ९८ पैसा पुगेको छ । त्यस्तै, बैंकको मूल्य आम्दानी अनुपात ९.९६ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १५९ रुपैयाँ ६९ पैसा रहेको छ । समीक्षा अवधिमा बैंकको वितरणयोग्य मुनाफा भने १ अर्ब ८ करोड ४५ लाख रुपैयाँ रहेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: