×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पूँजीकोष बढाउन नसक्ने लघुवित्तले २५ प्रतिशत राइट ल्याउन सक्ने, ‘ब्याजदर क्याप’ हट्ने ! (पूर्णपाठसहित)

PRIME CA

पूँजीकोष बढाउन नसक्ने लघुवित्तले २५ प्रतिशत राइट ल्याउन सक्ने, ‘ब्याजदर क्याप’ हट्ने ! (पूर्णपाठसहित)

२१ कार्तिक २०८०, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । पूँजीकोष बढाउन नसक्ने लघुवित्तले २५ प्रतिशतसम्म राइट ल्याउन सक्नेगरी नीति बनाउन सुझाव दिइएको छ । लघुवित्त वित्तीय संस्थाहरूका वर्तमान समस्या र समाधानका उपायहरूको विषयमा अध्ययन गर्न राष्ट्र बैंकले गठन गरेको अध्ययन समितिको प्रतिवेदनमा यस्तो सुझाव दिईएको हो ।

सो प्रतिवेदनमा लघुवित्तको पुँजीकोष अनुपात चरणबद्ध रुपमा बढाउन र सो अनुपातलाई १५ प्रतिशत पुर्याउन सुझाव दिईएको छ ।  २०८२ असारमा १० प्रतिशत, २०८३ असारमा १२ प्रतिशत, २०८४  असारसम्म १३ प्रतिशत र २०८५ असारसम्म १५ प्रतिशत पुर्याउने सुझाव दिईएको समितिले पूँजीवृद्धिका लागि संस्थाहरूलाई मर्जर गर्न प्रोत्साहन गर्ने र निश्चित समयावधिपछि प्रमोटर शेयरमा परिणत हुने गरी अग्राधिकार शेयर आफ्ना ग्राहकलाई बिक्री गर्ने गरी निष्काशन गर्न दिने समितिको सुझावसमेत दिएको छ ।
अन्य उपायबाट पुँजीकोष बढाउन नसकेको अवस्थामा विद्यमान चुक्ता पुँजीको २५ प्रतिशत राइट सेयर निष्कासन गर्न दिनसमेत सो प्रतिवेदनले सुझाव दिएको छ ।
पूर्ण पाठ :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: