×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रामेछापको गुम्देलबाट देखिएको नुम्बुर हिमाल… (फोटो-कथा)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

रामेछापको गुम्देलबाट देखिएको नुम्बुर हिमाल… (फोटो-कथा)

Artha Sarokar

१३ मंसिर २०८०, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नुम्बुर नेपालको रोल्वालिङ हिमशृङ्खलामा पर्ने हिमाल हो । यसको उचाइ ६ हजार ९ सय ५८ मिटर रहेको छ । नुम्बुर हिमाल सगरमाथाबाट ४३ किलोमिटर दक्षिण-पश्चिममा पर्छ । यस हिमालको फेदमा दुधकुन्ड रहेको छ । दुधकुन्ड दुधकोशी नदीको मुहान हो ।

दुधकुन्ड ४ हजार ६ सय मिटरको उचाइमा रहेको छ । दुधकुण्डमा हरेक भाद्र जनैपूर्णीमामा मेला लाग्ने गरेको छ । रामेछापको उमाकुण्ड गाउँपालिका-१ गुम्देलमा अवस्थित नुम्बुर हिमाल खुलेको छ । गुम्देलको शीरको रुपमा रहेको नुम्बुर हिमाल मौसम खुलेसँगै निकै आकर्षक र सुन्दर देखिएको छ ।

नुम्बुर हिमाल लिखु नदीको शिर पनि हो । गुम्देलबाट नुम्बुर हिमाल नजिकै नियाल्न सकिन्छ । लुम्बुर हिमालको अवलोकनका लागि पछिल्लो समय आन्तरिक एवं बाह्य पर्यटकहरुकोसमेत भिड बढन थालेको छ । बाँकि फोटो फिचरमा हेर्नुहोस्:

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी