काठमाडौं । तिहार नजिकिएसँगै नेपाली बजारमा विभिन्न खाद्य बस्तुको माग र मूल्य दुबै बढेको छ। तिहारमा बढी मात्रामा प्रयोग हुने भएकाले त्यस्ता खाद्य बस्तुको माग र मूल्य दुबै बढेको हो ।
नेपाल खुद्रा व्यापार संघले सार्वजनिक गरेको मूल्यसूची अनुसार नेपाली बजारमा तिलको मूल्य प्रतिकिलो २५० रुपैयाँ देखि ४०० रुपैयाँसम्म रहेको छ । हाल बजारमा कैलो तिल प्रतिकिलो ३५० रुपैयाँ छ भने सेतो तिल प्रतिकिलो ३०० रुपैयाँ छ । त्यस्तै, कालो तिल प्रतिकिलो ४५० रुपैयाँ छ ।
तिहारमा लड्डु, भाई मसलालगायतका परिकार बनाउन तिलको प्रयोग हुने गर्छ ।
यसैगरी, तिहारमा बढी मात्रामा प्रयोग हुने चिनी, मैदा र तेलको माग पनि बढेको छ । चाडपर्वमा अत्याधिक रोटी र मिठाईका विभिन्न परिकार बनाइने हुँदा यी बस्तुको माग बढेको हो ।
नेपाली बजारमा भुटेको तोरीको तेल प्रतिलिटर ३५० रुपैयाँ, काँचो तोरीको तेल २४० रुपैयाँ, भटमासको तेल २२० रुपैयाँ, सनफ्लावर तेल २४० रुपैयाँ, डाल्डा घ्यु २१० रुपैयाँ, नेपाली घ्यु प्रति किलो ९०० रुपैयाँ रहेको छ । त्यसैगरी, चिनी प्रतिकिलो ९० रुपैयाँ रहेको छ भने मैदा प्रतिकिलो ५० रुपैयाँ रहेको व्यापार संघले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।
नेपाल खुद्रा व्यापार संघले विभिन्न खाद्य बस्तुको मूल्य तोकेको भएपनि बजारमा भने ति खाद्य बस्तु महँगोमा बेचबिखन भएको पाइएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्