×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नयाँ कार्यकक्षमा प्रधानमन्त्री प्रचण्ड… (फोटो-कथा)

PRIME CA

नयाँ कार्यकक्षमा प्रधानमन्त्री प्रचण्ड… (फोटो-कथा)

६ मंसिर २०८०, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) नयाँ कार्यकक्षमा सरेका छन् । बुधबार प्रधानमन्त्री प्रचण्ड सिंहदरबारको पश्चिमतर्फको २०७२ मा गएको भूकम्पबाट क्षति भएको संरचनालाई रेट्रो फिटिङ गरेर बनाइएको कार्यालयमा सरेका हुन् ।

२०७२ बैशाख १२ गतेको भूकम्पबाट क्षति पुगेको उक्त भवनको प्रबलिकरण गरेपछि प्रधानमन्त्री प्रचण्ड नयाँ कार्यकक्षमा सरेका हुन् । एक सय २० वर्ष पुरानो यो भवनलाई मूल संरचना जस्ताको त्यस्तै राखेर प्रबलीकरण गरिएको थियो ।

प्रधानमन्त्रीको नयाँ कार्यालयको संरचना प्रबलीकरणमा ४२ करोड रुपैयाँ खर्च भएको सहरी विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय प्रबलीकरण गर्ने काम लगभग सकिएको छ । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: