×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

शक्ति प्रदर्शन : काठमाडौंमा ७ हजार प्रहरी परिचालन, प्रदर्शनस्थलमा कुकुरसहितको टोली (फोटो-कथा)

PRIME CA

शक्ति प्रदर्शन : काठमाडौंमा ७ हजार प्रहरी परिचालन, प्रदर्शनस्थलमा कुकुरसहितको टोली (फोटो-कथा)

७ मंसिर २०८०, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । बिहीबार हुन लागेको दुर्गा प्रसाईं र युवा संघको आन्दोलनलाई लक्षित गर्दै काठमाडौँ उपत्यकामा सुरक्षा व्यवस्था कडा पारिएको छ । दुई समूहको आन्दोलनले सुरक्षा ‘थ्रेट’ बढाएको भन्दै बिहीबार बिहानैदेखि उपत्यकामा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको हो । प्रसाईं समूहले बिहीबार बल्खु र युवा संघले तिनकुनेमा कार्यक्रम गर्दैछन् । 

अहिले प्रदर्शनीस्थल तीनकुने र बल्खुमा प्रहरी र सशस्त्र प्रहरीको टोली ‘स्ट्यान्डबाई’ राखिएको छ । आन्दोलन भड्किलो हुनसक्ने तथा विभिन्न हातहतियारको प्रयोग हुनसक्ने आशंकामा गृह प्रशासनले सरकारका चारवटै सुरक्षा अंगहरुलाई ‘हाई अलर्ट’ मा बस्न समेत निर्देशन दिएको छ । 

अहिले प्रदर्शन हुने स्थान (बल्खुतीनकुने) मा प्रहरी र सशस्त्र प्रहरीको टोलीले सुरक्षा जाँच गरिरहेको छ । यतिसम्म कि कार्यक्रम स्थलमा प्रहरीले तालिमप्राप्त कुकुरसहितको टोली परिचालन गरेको छ । 

बिहीबार उपत्यकामा सुरक्षाका लागि करिब ७ हजार सुरक्षाकर्मी परिचालन गरिनेछ । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: