Skip to content
LAXMI SUNRISE BANK

‘विश्वास जित्दै, अघि बढ्दै’मात्र होइन नाफामा पनि प्रगति गर्दै प्रभु बैंक, गतवर्षभन्दा ४६ प्रतिशत धेरै नाफा, अन्य सूचक यस्ता

अर्थ सरोकार

काठमाडौँ । प्रभु बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको विवरणअनुसार पहिलो त्रैमासमा बैंकको नाफा ४६.७० प्रतिशतले बढेको छ । असोज मसान्तसम्ममा बैंकले १ अर्ब ३ करोड खुद नाफा कमाएको छ । जब कि गतवर्षको सोही अवधिमा बैंकको नाफा ७० करोड ५० लाख रुपैयाँ रहेको थियो ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २९.१५ प्रतिशतले बढेको छ भने सञ्चालन मुनाफा पनि ५१.३१ प्रतिशतले बढेको छ ।

नाफा बढे पनि चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) भने घटेको छ । यस अवधिमा बैंकको ईपीएस ४ रुपैयाँ ६२ पैसाले घटेर १७ रुपैयाँ ५७ पैसामा सिमित भएको छ ।

त्यस्तै, यसअवधिमा बैंकको प्रतिसेयर नेटवर्थ १४७ रुपैयाँ ८२ पैसा रहेको छ । चुक्ता पूँजी २३ अर्ब ५४ करोड रुपैयाँ रहेको प्रभु बैंकको रिजर्भ कोषमा १० अर्ब ९३ करोड रुपैयाँ रहेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK