×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्राइम कमर्सियल बैंकको नाफा ३१ प्रतिशतले बढ्यो, ईपीएस पनि ५ रुपैयाँले माथि उक्लियो (थप विवरणसहित)

PRIME CA

प्राइम कमर्सियल बैंकको नाफा ३१ प्रतिशतले बढ्यो, ईपीएस पनि ५ रुपैयाँले माथि उक्लियो (थप विवरणसहित)

१७ कार्तिक २०८०, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । प्राइम कमर्सियल बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार पहिलो त्रैमासमा बैंकको खुद नाफा ३१.७३ प्रतिशतले बढेर १ अर्ब १५ करोड १५ लाख २२ हजार रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ६.०१ प्रतिशतले बढेर १ अर्ब ९९ करोड ८६ लाख ५५ हजार रुपैयाँ पुगेको छ । त्यस्तै, यसअवधिमा बैंकको खुद फि कमिसन पनि ४०.८६ प्रतिशतले बढेर ५२ करोड रुपैयाँ पुगेको छ । यसकारण पनि चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकको नाफा बढ्न पुगेको हो ।

नाफासँगै समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) पनि बढेको छ । यसअवधिमा बैंकको ईपीएस ५ रुपैयाँले बढेर २३.७४ रुपैयाँ पुगेको छ ।

त्यस्तै, चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा बैंकको खराब कर्जा भने १.०८ प्रतिशतबाट बढेर ३.६७ प्रतिशत पुगेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: