काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारले नयाँ स्टक एक्सचेन्जबारे नयाँ धन्दा सुरु गरेको आरोप लगाएका छन् । अर्थ समितिले नयाँ स्टक एक्सचेन्जको लाइसेन्स प्रक्रिया अघि बढाउन निर्देशन दिएको विषयलाई उदृत गर्दै रविले यस्तो बताएका हुन् ।
उनले सरकारले जनता झुक्याएर नयाँ स्टक एक्सचेन्ज लागि नयाँ धन्दा सुरु गरेको आरोप लगाए । ‘भोली देखि बिदा हुँदैछ भन्ने थाहा पाएर अघिल्लो दिन साँझ ७ बजे सरकारले स्टक एक्सचेन्जबारे सरकारले नयाँ धन्दा सुरु गरेछ ।’, उनले भने, ‘सरकारले जनतालाई ध्यान दिन्छ भन्ने लागेको थियो तर सरकारले जनलाई ध्यान नदिने रहेछ ।’
त्यस्तै, उनले नयाँ स्टक एक्सचेन्ज विरुद्धमा आफूहरु नभएकासमेत बताएका छन् । नयाँ स्टक एक्सचेन्जको विषय आफूहरुको घोषणापत्रमा रहेको बताउँदै रविले पहिला भएकोलाई व्यवस्थित गर्नुपर्ने बताएका छन् ।
‘हामीले नयाँ स्टक एक्सचेन्ज चाहिँदै चाहिँदैन भनेको होइन । हामीले बाचा पत्रमा पनि भनेका छौँ, आवश्यकता पर्छ । तर भएकोलाई व्यवस्थित गर्न नसकेर सुरु गरिएको अर्को धन्दा गतल छ ।’, रविले भने ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्