×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बचतकर्ताको रकम ठगीको आरोपपछि राष्ट्रिय वाणिज्य बैंकका अध्यक्ष पदमुक्त, नयाँ अध्यक्ष चयन

अर्थ सरोकार

प्रकाशित मिति : १९ कार्तिक २०८०, आईतवार

PRIME CA

बचतकर्ताको रकम ठगीको आरोपपछि राष्ट्रिय वाणिज्य बैंकका अध्यक्ष पदमुक्त, नयाँ अध्यक्ष चयन

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकका अध्यक्ष डा. बलराम पाठक पदमुक्त भएका छन् । सहकारीका बचतकर्ताको अरबौँ रकम ठगीको आरोप लागेपछि उनलाई बैंकको सञ्चालक समितिले पदमुक्त गरेको हो । 

राष्ट्रिय वाणिज्य बैंकको अध्यक्ष हुनुअघि ललितपुरको लगनखेलस्थित गतिशील बचत तथा ऋण सहकारी संस्थाको अध्यक्ष हुँदा डा. पाठकले झण्डै ३ अर्ब रकम हिनामिना गरेको बचतकर्ताहरुले आरोप लगाएका थिए । १५ वर्षसम्म सहकारीको अध्यक्ष रहँदा उनले सहकारीका १० हजार बचतकर्ताको करिब ३ अर्ब बचत रकम हिनामिना गरेको आरोप उनीमाथि छ । 

तर, हाल आफू सहकारीको अध्यक्षमा नरहेकोले बचतको जिम्मा सञ्चालक समितिले लिनुपर्ने तर्क पाठकले गर्दै आएका थिए । सहकारी ठगी प्रकरणमा नाम मुछिएपछि अन्ततः बैंकको संचालक समितिको बैठकले पाठकलाई अध्यक्ष पदबाट पदमुक्त गरी नयाँ अध्यक्ष चयन गरेको छ । सञ्चालक समितिको बैठकले बैंकको नयाँ अध्यक्षमा बाबुराम सुवेदीलाई चयन गरेको हो ।

नवनियुक्त अध्यक्ष सुवेदीले शुक्रबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसमक्ष पद तथा गोपनियताको सपथ लिएका छन् । सुवेदी अर्थमन्त्रालयका सहसचिव हुन् । उनले अर्थशास्त्र तथा जनप्रशासन विषयमा स्नातकोत्तर उत्तीर्ण गरेका छन् । 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: