×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आहा ! दोलखाको शैलुङ डाँडा र मिनी ग्रेट वाल… (फोटो-कथा)  

PRIME CA

आहा ! दोलखाको शैलुङ डाँडा र मिनी ग्रेट वाल… (फोटो-कथा)  

३ मंसिर २०८०, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । दोलखाको शैलुङ डाँडा पछिल्लो समय पर्यटकीय गन्तव्यका रुपमा प्रसिद्ध छ । समुन्द्री सतहदेखि करिब तीन हजार ८ सय मिट उचाइमा रहेको शैलुङ डाँडामा घुम्न जाने पर्यटकहरुको संख्या पनि बढ्दो छ । खासगरी शैलुङ आन्तरिक पर्यटकका लागि घुमफिरको प्रमुख गन्तव्यका रुपमा परिचित छ । 

करिब एक सयभन्दा धेरै थुम्काहरु रहेको शैलुङ डाँडा त्यहाँको भूबनावट तथा हावापानीले पनि पर्यटकको रोजाईमा पर्छ । त्यसैमाथि अहिले शैलुङ डाँडामा निर्माण हुँदै गरेको कालापानी शैलुङ मिनी ग्रेट वालले पनि धेरैको ध्यान तानेको छ । 

करिब ५०० मिटर लामो उक्त वाल ६ करोड ७९ लाख ५६ हजार ३८३ लागतमा निर्माण गरिँदैछ । यो शैलुङ डाँडामा आउने आन्तरिक पर्यटकको आकर्षकको केन्द्रसमेत बन्ने अपेक्षा गरिएको छ । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: