×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

घरभेटीको भाडा नतिरी सान इन्टरनेशनल कलेज भाग्यो, महानगरमा उजुरी !

PRIME CA

घरभेटीको भाडा नतिरी सान इन्टरनेशनल कलेज भाग्यो, महानगरमा उजुरी !

४ मंसिर २०८०, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । काठमाडौँको सान इन्टरनेशनल कलेज घरभाडा नतिरी भागेको छ । पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गौरीधारास्थित उक्त कलेज घरभेटीको भाडा नतिरी सम्पर्कविहीन भएको हो । 

लामो समयदेखि कलेजले भाडा नतिरेको भन्ने गुनासोका आधारमा अनुगमन गर्दा कलेजका ताला लगाएको पाइएको काठमाडौँ महानगरपालिकाका शिक्षा अधिकारी सीताराम कोइरालाले बताएका छन् । उनका अनुसार हाल कलेजमा ताला लगाइएको छ । ढोका बाहिरबाट हेर्दा कलेज केही समयअघि नै बन्द भएकोजस्तो देखिएको कोइरालाले बताएका छन् । 

यद्यपि हालसम्म कलेज बन्द भएको विषयमा विद्यार्थी र अभिभावकबाट कुनै पनि गुनासो नआएको कोइरालाको भनाई छ । तर, हालसम्म कलेजका आधिकारिक व्यक्तिसँग पनि सम्पर्क भने हुन सकेको छैन ।

कलेजको स्थानान्तरणका लागि पनि कलेजले कुनै अनुमति नलिएको पाइएको छ । योसँगै कलेजले स्थानान्तरणका लागि विद्यार्थी र महानगरबाट पनि स्वीकृति नलिएको बुझिएको छ । तर, कलेज ताला लगाएका कहाँ गयो ? भन्ने अझै पनि खुलेको छैन । योसँगै महानगरको शिक्षा विभागले राष्ट्रिय परीक्षा बोर्ड र काठमाडौँ जिल्ला शिक्षा समन्वय इकाईलाई रजिष्ट्रेसन प्रक्रियामा स्थानान्तरण प्रक्रिया रोक्का गर्न पत्राचार गरेको छ । 

कलेजले कक्षा ११/१२ साथै व्यवस्थापन संकायको बीबीए र विज्ञान संकायको बिएससी बायोटेक्नोलोजीको बढाई सञ्चालन गर्दै आएको थियो । 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: