×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

धरौटी तिर्न नसकेपछि नेपाल एसबिआई बैंकको डेढ करोड बढी ठग्ने ‘ठग’ जेल चलान !

PRIME CA

धरौटी तिर्न नसकेपछि नेपाल एसबिआई बैंकको डेढ करोड बढी ठग्ने ‘ठग’ जेल चलान !

अर्थ सरोकार

प्रकाशित मिति : १५ कार्तिक २०८०, बुधबार

काठमाडौँ । एसबिआई बैंकको डेढ करोड बढी रकम ठगी गर्ने व्यक्ति जेल चलान भएका छन् । बैंकको पिओएस (पोइन्ट अफ सेल्स) मेसिनमार्फत बैंकको डेढ करोड बढी रकम ठगी गर्ने किसनराज सिंह धरौटी तिर्न नसकेपछि जेल जलान भएका हुन् ।

उनलाई बैंकिङ कसुर मुद्धामा जेल चलान गरिएको सीआईबिले जनाएको छ । अनाधिकृत रुपमा बैंकको पिओएस मेसिनमार्फत ठगी गरेको मुद्धामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबि)ले सिंहलाई पक्राउ गरेको थियो । सिंहलाई धरौटीमा छोड्न उच्च अदालत पाटनले आदेश दिए पनि धरौटी तिर्न नसकेपछि उनलाई जेल चलान गरिएको सीआईबिका एक अधिकारीले जानकारी दिएका छन् ।

सीआईबिको अनुसन्धानका क्रममा सिंहले बैंकबाट पिओएस मेसिन लिएको १८ दिनमै १ करोड ५८ लाख ८१ हजार ६ सय ३६ रुपैयाँ अनाधिकृत रुपमा झिकेको पाइएको छ । उनले काठमाडौँको ठमेलमा थान्का र मुर्तीलगायतको कारोबार गर्छन् ।

सिंहले एसबिआई बैंकको ठमेल शाखाबाट ड्रागन इन्भेष्टमेन्ट प्रालिको नाममा पिओएस मेसिन लिएका थिए । सोही मेसिनको प्रयोग गरी उनको पसलबाट विदेशी नागरिकले सामान खरिद गर्ने र भुक्तानी गर्ने गर्दथे । तर, यो केसमा ठमेलस्थित पसलबाट थान्का र मुर्ति किन्दा पर्यटकहरुले म्यानुअल पीओएस मार्फत भुक्तानी त दिए, तर भुक्तानीका क्रममा प्रयोग भएको कार्ड नम्बर, कार्डको कोड र कार्डको एक्स्पायरी लगायतका विवरण ती खरिदकर्ताको नभई अरु नै कसैको थियो । अर्थात, ती विवरण चोरीका विवरणहरु थिए ।

केहि समय अगाडी भिसा र माष्टर कार्डले नेपाल एसबिआई बैंकलाई युरोपियन ग्राहकहरुले आफ्नो खाताबाट रकम चोरी भएको भन्दै सम्बन्धित बैंकमा उजुरी गरेको जानकारी पठायो । मास्टर कार्डका ७० तथा भिसा कार्डका २४ ग्राहकले सम्बन्धित आफ्ना बैंकमा रकम चोरी भएको उजुरी गरेकाले अनुसन्धानका लागि बैंकले त्यसरी भुक्तानी गर्ने व्यक्तिको पासपोर्ट, सिसिक्यामेरा फुटेजलगायत नियमअनुसारको विस्तृत विवरण उपलब्ध गराउन माग गर्यो । भिसा कार्डले यस्तो जानकारी पठाएपछि नेपाल एसबिआई बैंकले सम्बन्धित पीओएस मेशिन संचालकसँग सो विवरण माग्यो, तर पाएन । ग्राहकबाट सो विवरण नपाएपछि बैंकले भिसा र माष्टर कार्डलाई मागिएको विवरण उपबल्ध गराउन सकेन । नेपाल एसबिआई बैंकले भिसा र मास्टर कार्डले मागेको विवरण बुझाउन नसकेपछि नियमअनुसार नेपाल एसबिआई बैंकको नोस्ट्रो एकाउन्टबाट एक लाख १५ हजार डलर डेबिट गरिदियो र कार्डधनीको रकम चोरिएको ग्राहकको खाता भएका युरोपियन बैंकलाई भुक्तानी गरिदियो । यसरी जसको पैसा चोरिएको थियो, सो खातावालाहरुले आफ्नो चोरिएको रकम फिर्ता पाए । तर यसमा नेपाल एसबिआई बैंकको रकम दिनुपर्ने भयो । र बैंकलाई डेढ करोड बढी घाटा भयो ।

आफूलाई कार्डमार्फत भुक्तानी दिने व्यक्तिको विस्तृत विवरण खुलाउन नसक्दा बैंकले सीआईबीलाई दिएको जाहेरीअनुसार सिंह पक्राउ परेका थिए । सिंहको कम्पनी र नेपाल एसबिआई बैंकबीच भएको सम्झौता अनुसार विस्तृत विवरण नराखी नराखी भुक्तानी लिएको र सोहि कारण आफ्नो बैंकलाई घाटा भएको भन्दै एसबिआई बैंकले सिआइबी गुहारेको थियो । आफ्नो खाताबाट रकम डेबिट भएपछि नेपाल एसबिआई बैंकले ठमेलमा व्यवसाय गर्ने सिंहको ड्रागन इन्भेस्टमेन्ट प्रालिलाई सो रकम मागेको थियो । तर, सिंहले रकम नदिएपछि गत ७ असारमा नेपाल एसबिआई बैंकले सो रकम मागदाबीसहित सिंहविरुद्ध सीआईबीमा उजुरी दर्ता गरायो । त्यसपछि २७ भदौमा सिंहलाई सीआईबीले पक्राउ गर्यो ।

पक्राउ परेका सिंहलाई धरौटीमो छोड्न अदालतले आदेश दिए पनि धरौटी बुझाउन नसकेपछि हाल उनी जेल चलान भएका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: