×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

निष्क्रिय कर्जा बढेपछि एसबिआई बैंकको नाफा २३ प्रतिशतले घट्यो, ईपीएसमा पनि ५ रुपैयाँको गिरावट (विवरणसहित)

PRIME CA

निष्क्रिय कर्जा बढेपछि एसबिआई बैंकको नाफा २३ प्रतिशतले घट्यो, ईपीएसमा पनि ५ रुपैयाँको गिरावट (विवरणसहित)

१७ कार्तिक २०८०, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । नेपाल एसबिआई बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार पहिलो त्रैमासमा बैंकको नाफा २३.६२ प्रतिशतले घटेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा बैंकले ४७ करोड ९१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जबकी बैंकले गत आर्थिक वर्षको सोही अवधिसम्ममा ६२ करोड ७३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी बढेपनि इिम्पेरमेन्ट चार्ज बढेपछि बैंकको खुद नाफामा दबाब पुगेको हो । यस अवधिमा बैंकको खुद ब्याज आम्दानी ६.४६ प्रतिशत बढेको छ भने कुल सञ्चालन आम्दानी १.०६ प्रतिशत बढेको छ । त्यस्तै, बैंकको निष्क्रिय कर्जा ०.३६ प्रतिशतबाट बढेर २.३५ प्रतिशत पुगेसँगै इम्पेरमेन्ट चार्ज २९ करोड ६८ लाख रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा बैंकको सञ्चालन मुनाफा २३.८४ प्रतिशत घटेको छ ।

त्यस्तै, चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा बैंकको वितरणयोग्य मुनाफा ९४ करोड ६४ लाख रुपैयाँ रहेको छ भने प्रतिशेयर वितरणयोग्य मुनाफा ८ रुपैयाँ ७ पैसा रहेको छ ।

बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार समीक्षा अवधिमा नाफासँगै बैंकको प्रतिशेयर आम्दानी (ईपीएस) पनि घटेको छ । यस अवधिमा बैंकको ईपीएस ५ रुपैयाँ ८६ पैसा घटेर १८ रुपैयाँ ९४ पैसामा सीमित भएको छ । हाल बैंकको मूल्य आम्दानी अनुपात १६ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १८२ रुपैयाँ ६९ पैसा रहेको छ ।

त्यस्तै, बैंकको जगेडा कोषमा ८ अर्ब ३६ करोड ८५ लाख रुपैयाँ सञ्चित छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकको निक्षेप ६.५४ प्रतिशत बढेको छ भने कर्जा २.११ प्रतिशत बढेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: