×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

धितोपत्र बोर्डको अर्को ‘बिग एक्सन’ : ८९ सूचीकृत कम्पनीलाई एकैपटक स्पष्टिकरण सोधियो, जवाफ नआए जरिवाना !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

धितोपत्र बोर्डको अर्को ‘बिग एक्सन’ : ८९ सूचीकृत कम्पनीलाई एकैपटक स्पष्टिकरण सोधियो, जवाफ नआए जरिवाना !

Artha Sarokar

२२ कार्तिक २०८०, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले ८९ कम्पनीलाई कारवाही गर्ने निर्णय गरेको छ । बोर्डको सोमबार बसेको सञ्चालक समितिको बैठकले समयमा वित्तीय विवरण नबुझाउने ८९ कम्पनीहरुलाई कार्वाही गर्ने निर्णय गरेको हो ।

वित्तीय विवरण समयमा नबुझाउने तथा ढिलो गरी बुझाएका कम्पनीहरुलाई कारवाही गर्ने निर्णय भएको बोर्डका एक उच्च अधिकारीले पुष्टि गरेका छन् ।

ती अधिकारीका अनुसार सुचीकृत कम्पनीहरुले बोर्डलाई बुझाउनुपर्ने वार्षिक वित्तीय विवरण, त्रैमासिक वित्तीय विवरण लगायतका विवरण नबुझाएका कारण पहिलो चरणमा स्पष्टीकरण सोधिएको छ । स्पष्टीकरण सोधिएको १५ कार्यदिनभित्र जवाफ नआए बोर्डले विवरण नबुझाउने कम्पनीहरुलाई कारवाही गर्नेछ ।

यसरी कारवाहीमा पर्ने कम्पनीहरुलाई बोर्डले धितोपत्र सम्बन्धी ऐनको दफा १०१ मा गरिएको व्यवस्थाअनुसार ५० हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना गराउन सक्नेछ ।

यसो त बोर्डले यसअघि साउन ११ गते एक सूचनामार्फत समयमा वित्तीय विवरण नबुझाएका कम्पनीहरुलाई विवरण बुझाउन आह्वान गरेको थियो । तर, बोर्डको सूचना अटेर गर्दै कम्पनीहरुले विवरण नबुझाएपछि धितोपत्र सम्बन्धी ऐनअनुसार पहिलो चरणमा स्पष्टीकरण सोधिएको हो । समयमा जवाफ नआए बोर्डले कारवाही प्रक्रिया अघि बढाउनेछ ।

यति ठूलो संख्यामा समयमा विवरण पेश नगर्ने कम्पनीहरुलाई स्पष्टीकरण पठाएको र कारवाही गर्न लागेको यो पहिलो पटक हो ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी