×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

तिहार बिदा अघिको अन्तिम कारोबार दिन सेयर बजार के होला ?

PRIME CA

तिहार बिदा अघिको अन्तिम कारोबार दिन सेयर बजार के होला ?

२३ कार्तिक २०८०, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । कात्तिक २३ गते (बिहीबार) नेप्सेमा यो साताको मात्रै होइन तिहार बिदा अघिकै अन्तिम कारोबार हुँदैछ । 

आइतबारदेखि सुरु हुने तिहारको लागि २६ कात्तिकदेखि ३० कात्तिकसम्म तिहार बिदा रहनेछ । त्यसअघि २५ गते शनिबार रहेको छ भने २४ गते शुक्रबार नेप्से बन्द नै रहने गर्छ । त्यसपछि कात्तिक ३० गते बिहीबारसम्म तिहार बिदा परेको छ । 

त्यसपछि मंसिर १ गते शुक्रबार र २ गते शनिबार परेको छ । त्यसलगत्तै मंसिर ३ गते छठपर्वको सार्वजनिक बिदा रहेको छ । अर्थात, आज (कात्तिक २३ गते) कारोबार भएर बन्द भएको सेयर बजार मंसिर ४ गतेमात्रै खुल्नेछ । 

बुधबार सेयर बजार मापक नेप्से परिसूचक ५.१७ अंकले बढेर १८६३.९४ बिन्दुमा पुगेर बन्द भएको थियो । सेयर लगानीकर्ताको मनोवैज्ञानिक सपोर्ट १८१८ बिन्दुबाट फर्किएको सेयर बजार तीन कारोबार दिनसम्म लगातार बढेपछि तिहार बिदा अघिको अन्तिम कारोबार दिन पनि बजार बढ्ने लगानीकर्ताहरुको अनुमान रहेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: