Skip to content
LAXMI SUNRISE BANK

नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स प्रक्रिया अघि बढाउन अर्थ समितिको निर्देशन, अव के हुन्छ प्रक्रिया ?

अर्थ सरोकार

काठमाडौँ । अर्थ समितिले नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स प्रक्रिया अघि बढाउन निर्देशन दिएको छ । शुक्रबार बसेको समितिको बैठकले यस्तो निर्देशन दिएको हो ।

यसअघि ५ लगानीकर्ताले दिएको फरक फरक उजुरीपछि समितिको जेठ २९ गते बसेको बैठकले नयाँ स्टक एक्सचेन्ज र नयाँ ब्रोकर लाइसेन्स रोक्न निर्देशन दिएको थियो ।  पछि प्रधानमन्त्री प्रचण्डको ठाडो निर्देशनमा नयाँ स्टक एक्सचेन्ज लाइसेन्स प्रक्रिया रोकिएको थियो ।

यस अघि यसै समितिले लामो विरोध र चौतर्फी दबाबपछि प्रतिनिधि सभाको अर्थ समितिले जेठ २९ गते नयाँ स्टक एक्सचेञ्ज र नयाँ ब्रोकर लाइसेन्स वितरण प्रक्रिया तत्कालका लागि रोक्न निर्देशन दिएको थियो । पछि असार ५मा समितिले ब्रोकर लाईसेन्स प्रक्रिया अघि बढाउन नेपाल धितोपत्र बोर्डलाई अनुमति दिएको थियो।

तर नयाँ स्टक एक्सचेन्जको प्रक्रिया अदालतबाटै छिनोफानो भएको आशय दिंदै समितिले नयाँ स्टक एक्सचेन्ज ल्याउन निर्देशन दिएको हो । सो निर्देशनमा डा. स्वर्णिम वाग्लेले नोट अफ डिसेन्ट लेखेका छन् । उनी राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हुन् ।

 
अव के हुन्छ प्रक्रिया ?
अर्थ समितिको निर्णयका विषयमा अव मन्त्रीपरिषदले निर्णय गर्नेछ । क्याबिनेटको निर्णय बोर्ड पुगेपछि बोर्डको संचालक समितिमा सो प्रक्रिया अगाडी बढाउने विषयमा छलफल हुनेछ । सो छलफलले निर्णय गरेको खण्डमा सो लाइसेन्स प्रक्रिया अगाडी बढ्नेछ ।
यस अगाडीनै लगानीकर्ता तिलक कोइरालाले नयाँ स्टकका विरुद्ध आफु अदालत जाने घोषणा गरिसकेका छन् ।
सांसद हरि ढकाललेसमेत यो निर्णयमा सार्वजनिक रुपमै असहमति जनाएका छन् ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK