काठमाडौँ । केहि समय अघि सेयर लगानीकर्ता सुबासचन्द्र भट्टराईको बांगो टिका निकै ‘भाइरल’ बन्यो । भाइटिकाको अवसरमा उनले लगाएको नेप्से उकालो लाग्दै गरेको प्रतिविम्वात्मक तस्विरलाई लिएर उनी चर्चित मात्र भएनन्, त्यसपछि भट्टराईलाई फलो गर्ने, उनको तालिम लिने र उनका अनुभव सुन्नेको ताँती नै लाग्यो । यसपाली बुबा बित्नुभएको बर्ष भएकाले भट्टराईले त टिका लगाएनन्, तर भट्टराईकै शैलीमा राज तिमिल्सीनाले सेयर बजार झल्कने बाङ्गो टिका लगाए । बिदुर नगरपालिका -११ नुवाकाेट स्थायी घर भई हाल तारकेश्वर नगरपालिका- ६ बस्ने तिम्सिनाले लगाएको सो टिका यतिबेला सेयर बाजारका लगानीकर्तामाझ भाईरल भईरहेको छ ।
२०७३ सालमा सेयर बजारको दोश्रो बजारमा प्रवेश गरेका तिम्सिना २०६६ सालदेखि आईपीओ भरेको बताउँछन् । ट्रेडर भन्दा पनि आफु इन्भेष्टर भएको बताउने उनी अघिल्लो बलमा राम्रै कमाएको भए पनि २२०० तिर पुन: बजारमा प्रवेश गरेको अनुभव सुनाउँछन् । ‘सुबास चन्द्र भट्टराई, छोटेलाल रौनियार लगायतलाई म गुरु मान्छु । जति बेला बजारमा लगानीकर्ताहरु तनावमा थिए, त्यतिबेला सुबास सरको टिकाले धेरैलाई उर्जा दिएको थियो ।’ तिम्सिनाले अर्थ सरोकारसँग भने, ‘अहिले बजार बाई जोनमा छ भन्ने मेरो विश्वास हो । अवको बजार यात्रा तल होइन माथि नै जाओस् भनेर मैले पनि यसपाली बाङ्गो टिका लगाउने निर्णय गरें ।’
आफुले बाङ्गो टिका लगाउन गरेको प्रस्तावलाई दिदिहरुले पनि सहजै स्वीकारेको उनको भनाई छ । ‘मेरा आफ्ना दिदिबहिनी छैनन्, फुपू दिदीले टिका लगाईदिनुभयो । मैले ‘यस्तो टिका लगाईदिनू’ भन्दा उहाँले नाई नास्ती गर्नुभएन ।’ तिम्सीनाले अर्थ सरोकारसँग भने, ‘अव याे बिन्दुबाट बजार धेरै तल नजाओस्, सबैको मनमा बुलिस मात्र हाेस् भन्ने कामनासहित यसपाली यस्तो बाङ्गो टिका लगाएको हुँ ।’
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्