×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सेयरबजारमा जान्नै पर्ने एक मन्त्र: ‘पैसा बनाऊ, बचाउ र बढाऔं’, घटेको बजारमा के गर्ने ? देव गुरागाईंको टिप्स

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

सेयरबजारमा जान्नै पर्ने एक मन्त्र: ‘पैसा बनाऊ, बचाउ र बढाऔं’, घटेको बजारमा के गर्ने ? देव गुरागाईंको टिप्स

Artha Sarokar

२१ कार्तिक २०८०, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • घटेको बजारमा क्रमश थोरै थोरै मात्रामा कम्तीमा ५-१० कम्पनीहरुको सेयर रुटिन बनाएर खरिद गर्दै जाने, जति जति बजार घट्छ उति उति तिनै सेयर थप्दै जाने । नआत्तिने ।

 

  •  यो सम्झिनेकी कुनै न कुनै बिंदु बाट बजार फर्किन्छ वा बढ्छ । किनकि बजार सधैं घटि मात्र रहँदैन र सधै बढी मात्र पनि रहँदैन ।

 

  • बजार बढेको बेला पहिले किनेको सेयरमा १०/१५% नाफा आएमा बेच्ने पनि गर्नु पर्दछ किनकि किन्न मात्र जानेर हुँदैन सेयर बेच्न पनि जान्नु पर्छ । सम्भावना आयो भने सोही सेयर पुनः कारोबार गर्न सकिन्छ ।

 

  • सेयर आफैले किन/ बेच गरिसके पछि एक किसिमको आत्मानुभुती वा अनुभव महसुस हुन्छ ।

 

  •  सेयर किनेर भन्दा पनि सही समयमा बेच्न नजानेर धेरै मानिसहरु बजारमा फस्ने गर्दछन् ।

 

  •  स्वअध्ययन, आफैले बुझेर जानेर सेयर किन/बेच गरेमा त्यो बढी फाईदाजनक हुन्छ ।

 

  •  आत्माविश्वास नबढुन्जेल, जोखिम सहने क्षमता नभइन्जेल सकभर ऋण काढेर सेयर किन बेच गर्न सिक्नु हुँदैन ।

 

  • सेयरबजारमा १००% पोख्त त कोही पनि हुँदैन, सिक्दै सिक्दै अघि बढ्दै जानु पर्दछ । तर भीडको पछि होइन अगाडि लाग्न जान्नु पर्छ ।

 

  • चलाख लगानीकर्तालाई बनेपछि धेरै कुरा आफैलाई थाहा हुँदै जान्छ, धर्याता गर्ने क्षमताको वृद्धि हुँदै जान्छ, जोखिम लिन सक्ने क्षमताको वृद्धि हुँदै जान्छ, विश्लेषण गर्ने क्षमता बृद्धि हुँदै जान्छ, कुनै कम्पनीको नाम सुन्न साथ त्यो कम्पनी के कस्तो हो भनेर तुरुन्त आँकलन गर्न सकिन्छ, आर्थीक अवस्थाको बारेमा र त्यसको प्रभावको बारे आँकलन गर्न सकिन्छ । यति भइसके पछि सेयर कारोबार गर्न कसैको सहयोग नचाहिन सक्छ । अनि आफूले धान्ने सम्मको ऋण लिएर बजार घटेको अवस्था लगानी गर्न सकिन्छ।

 

  • धेरै कारणले सेयरको मूल्य तल माथि भइरहेको हुन्छ । तर कम्पनीको मुख्य सूचकहरु (Key financial Indicators) को ख्याल भने सधै गर्नै पर्छ । कुनै अवस्थामा सेयर बजार ट्रेन्डलाई लगानीकर्ताको मानोविज्ञानले पछ्याएको पनि पाइन्छ त्यो पनि बुझ्न जरुरी हुन्छ । अर्थतन्त्र विशेषत तरलताको अवस्थाले बजारलाई धेरै प्रभावित गरिराख्य हुन्छ त्यो बुझ्नुपर्छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी