×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

फर्स्ट क्वाटरमा सिद्धार्थ बैंकको वित्तीय अवस्था झुर, नाफा ९९ प्रतिशतले घट्दा ईपीएस १५ बाट १ रुपैयाँमा झर्यो

PRIME CA

फर्स्ट क्वाटरमा सिद्धार्थ बैंकको वित्तीय अवस्था झुर, नाफा ९९ प्रतिशतले घट्दा ईपीएस १५ बाट १ रुपैयाँमा झर्यो

१७ कार्तिक २०८०, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । सिद्धार्थ बैंकको नाफा ९१ प्रतिशतले घटेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकको खुद नाफा ९१.४० प्रतिशतले घटेको हो । समीक्षा अवधिमा बैंकले ४ करोड २८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जब कि बैंकले गतवर्षको सोही अवधिमा ४९ करोड ८२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समीक्षा अवधिमा बैंकको इम्पेयरमेन्ट चार्ज ह्वात्तै बढेको छ । यसअवधिमा बैंकको इम्पेयरमेन्ट चार्ज ८९ करोड ३० लाखबाट बढेर १ अर्ब ४३ करोड रुपैयाँ पुगेको छ । यसकारण पनि बैंकको नाफा घट्न पुगेको हो ।

बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार असोज मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी ७.४६ प्रतिशतले घटेको छ भने सञ्चालन मुनाफा ८८.९३ प्रतिशतले घटेको छ ।

नाफासँगै समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी पनि घटेको छ । यसअवधिमा बैंकको यस्तो आम्दानी १५ रुपैयाँ ६१ पैसाबाट घटेर १ रुपैयाँ १९ पैसामा सिमित भएको छ । असोज मसान्तसम्ममा बैंकको प्रतिसेयर नेटवर्थ १६७ रुपैयाँ ६६ पैसा रहेको छ ।

कुल चुक्ता पूँजी १४ अर्ब ८ करोड रुपैयाँ रहेको सिद्धार्थ बैंकको रिजर्भ कोषमा १० अर्ब ९९ करोड रुपैयाँ रहेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: