×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सामाजिक सञ्जाल सञ्चालन निर्देशिका कार्यान्वयनमा आउँदै, सेयर बजार लक्षित सबै फेक आइडी अब कानुनी रुपमै अवैध !

अर्थ सरोकार

प्रकाशित मिति : २३ कार्तिक २०८०, बिहीबार

PRIME CA

सामाजिक सञ्जाल सञ्चालन निर्देशिका कार्यान्वयनमा आउँदै, सेयर बजार लक्षित सबै फेक आइडी अब कानुनी रुपमै अवैध !

काठमाडौँ । सरकारले सामाजिक सञ्जाल सञ्चालन निर्देशिका कार्यान्वयनमा ल्याउने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले ‘सामाजिक सञ्जाल सञ्चालन निर्देशिका २०८० परिमार्जनसहित’ स्वीकृत गर्ने निर्णय गरेसँगै यो निर्देशिका कार्यान्वयनमा आउने भएको हो ।

सामाजिक सञ्जालको चर्को दुरुपयोग तथा साइबर अपराध बढ्न थालेपछि सरकारले सामाजिक सञ्जाल सञ्चालन निर्देशिका कार्यान्वयनमा ल्याउने भएको हो ।

योसँगै अब सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले छद्मभेषी पहिचान (फेक आइडी) सिर्जना गर्न नपाउने भएका छन् । त्यस्तै, यो निर्देशिकाले फेक आइडीमार्फत विषयवस्तु उत्पादन गरी सेयर गर्ने वा अरुको विषयवस्तु सेयर गर्ने वा टिप्पणी (कमेन्ट) व्यक्त गर्ने वा कल गर्ने कार्यलाई अवैध ठहर गरेको छ ।

यसो त अहिले सेयर बजारलाई लक्षित गरेर थुप्रै फेक आइडीहरु सञ्चालनमा छन् । जसले बजारको विषयमा भ्रम फैलाउने, बजार प्रभावित पार्ने गरी अभिव्यक्ति दिने वा विषयवस्तु सेयर गर्दै आएका छन् ।

केही समय अघि बोर्डले सेयर बजारलाई लक्षित गरे सञ्चालनमा आएका त्यस्ता सबै फेक आइडीको सूची तयार गरी साइबर ब्यूरोमा पठाउने तयारी गरेको थियो । तर, सामाजिक सञ्जाल निर्देशिका आउने भएपछि बोर्ड त्यसको पर्खाइमा थियो । अब भने मन्त्रिपरिषद्ले नै उक्त निर्देशिका स्वीकृत गरेपछि बोर्डलाई थप सहज हुने भएको छ । योसँगै अब फेक आईडीहरुलाई कार्वाही गर्ने कुरामा बोर्ड स्वयम् अग्रसर हुने तयारीमा रहेको बुझिएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: