×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

टिकटकपछि बन्द हुँदै स्न्यापच्याट, लाइकी र टेलिग्राम, लाइभ बस्न मिल्ने एपमाथि छानीछानी प्रतिबन्ध लगाइँदै !  

PRIME CA

टिकटकपछि बन्द हुँदै स्न्यापच्याट, लाइकी र टेलिग्राम, लाइभ बस्न मिल्ने एपमाथि छानीछानी प्रतिबन्ध लगाइँदै !  

अर्थ सरोकार

१३ मंसिर २०८०, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । टिकटकमाथिको प्रतिबन्धपछि सरकारले स्न्यापच्याट, लाइकी, टेलिग्राम र बिगो लाइभ लगायतका एपमाथि प्रतिबन्ध लगाउने तयारी गरेको छ । सरकारले टिकटकजस्तै लाइभ बस्न मिल्ने अन्य सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउने तयारी गरेको हो । यसका लागि सरकारले विशेष निगरानी र तयारी अघि बढाएको बुझिएको छ । 

लाइभ बस्न मिल्ने टिकटक लगायतका एप ‘सोसल मिडिया’ नभएर ‘एन्टी सोसल मिडिया’ भएको भन्दै प्रतिबन्ध लगाउने तयारी गरिएको प्रधानमन्त्रीका सूचना प्रविधि विज्ञ प्रकाश रायमाझीले बताएका छन् । 

हाल प्रधानमन्त्री कार्यालयले विज्ञ सहितको टोली गठन गरी टिकटकजस्तै लाइभ बस्न मिल्ने सामाजिक सञ्जाल प्लेटफर्महरुमाथि निगरानी बढाएको छ । 

यसो त सरकारले सामाजिक सद्भाव बिगार्ने र समाजमा नकारात्म असर गरेको भन्दै कात्तिक २७ गते टिकटकमाथि प्रतिबन्ध लगाएको थियो । हाल सरकारको उक्त निर्णयविरुद्ध अदालतमा १४ वटा मुद्दा दर्ता भएका छन् । उक्त मुद्दामा सर्वोच्चले यसअघि अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो । टिकटक प्रतिबन्धविरुद्ध मुद्दाको पूर्ण सुनुवाईका लागि मंसिर १९ गते अर्को पेशी तोकिएको छ । 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: