×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेगेटिभ सर्किटमा ह्याट्रिक हानेको सोनापुरको सेयर मूल्य आईपीओको भन्दा तल, बेच्नेको ओहिरो, किन्ने कोही छैनन् !

PRIME CA

नेगेटिभ सर्किटमा ह्याट्रिक हानेको सोनापुरको सेयर मूल्य आईपीओको भन्दा तल, बेच्नेको ओहिरो, किन्ने कोही छैनन् !

१६ कार्तिक २०८०, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । धेरैले अपेक्षा गरेको, अपेक्षा गरेको पनि के भन्नू ? अरुले खेलाइदिन्छन् र म नाफा खाउँला भनेर किनेको सोनापुर मिनिरल्स एण्ड आयल लिमिटेडको सेयर मूल्य आईपीओको भन्दा पनि तल झरेको छ । नेप्सेमा सूचीकृत भएर कारोबार सुरु भएको चौथो दिन यसको मूल्य आईपीओको भन्दा तल झरेको हो ।

कारोबारको तेस्रो दिनसम्म सेयर मूल्यमा लगातार नेगेटिभ सर्किट लागेको सोनापुर बुधबार भने नेगेटिभ सर्किटबाट जोगियो । तर, सोनापुरको सेयर मूल्य घट्ने क्रम भने रोकिएन । बरु ७.९९ प्रतिशतले घटेर दुई सय ५५ रुपैयाँ २० पैसाबाट २३४ रुपैयाँ ८० पैसामा तल झर्यो । जुन आईपीओको मूल्य भन्दा पनि सस्तो हो ।

यसो त सोनापुरले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १ सय ३७ रुपैयाँ ५८ पैसा थप गरी कुल २ सय ३७ रुपैयाँ ५८ पैसामा आईपीओ जारी गरेको थियो । अर्थात आईपीओमा मरिहत्ते गरेर लगानीकर्ताले जति पैसा सोनापुरमा हालेका थिए, त्यहाँ भन्दा कम मूल्यमा त दोश्रो बजारमै सोनापुरको सेयर पाइन थालेको छ ।

अझ त्यतिमात्र कहाँ हो र ? यो सेयरको भाउ घट्ने क्रम अझै पनि रोकिनेवाला देखिंदैन । अव तत्काल झ्याप झ्याप नेगेटिभ सर्किट नहाने पनि यो सेयरको मूल्य अझै घट्ने देखिन्छ, कारण बजारमा यस्तो सेयर किनिदिने खास मान्छे नै छैनन् । र सोनापुर सोना अर्थात सुन होइन बरु फलाम हो भन्ने कुरा धेरैले बुझिसके ।

हामीले धेरै सुन्ने गथ्र्यौं ‘आईपीओको लगानी सुरक्षित हुन्छ’ भनेर । तर, यो तथ्य सत्य होइन भन्ने कुरा सोनापुरको सेयरले प्रमाणित गरिदिएको छ । त्यसैले आईपीओ भन्दैमा जस्तो पायो त्यस्तै सेयरमा लगानी गर्नु हुँदैन भन्ने बुद्धि लगानीकर्तामा पलाउला कि ?

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: