×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नयाँ ब्रोकरहरु पनि पूरानासँगै ‘स्वार्थ्य केन्द्रित लविङ’मा, बोर्डको एक निर्णयले खारेज हुन सक्छन् दर्जन बढी नयाँ ब्रोकर !

PRIME CA

नयाँ ब्रोकरहरु पनि पूरानासँगै ‘स्वार्थ्य केन्द्रित लविङ’मा, बोर्डको एक निर्णयले खारेज हुन सक्छन् दर्जन बढी नयाँ ब्रोकर !

२३ कार्तिक २०८०, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । लगानीकर्तालाई अहित हुनेगरी नयाँ ब्रोकर रोक्ने लगायतका काममा लागेपछि बोर्डले ‘अघोषित रुपमा निषेध’ गरेको पूरानो ब्रोकर संघसँग नयाँ ब्रोकर संघ पनि मिसिने लाइनमा लागेको छ । लगानीकर्ताको हित हुनेगरी नेपाल धितोपत्र बोर्डले ब्रोकर कमिसन घटाउने निर्णय गरेपछि दुई ब्रोकर एकजस्तै भएर अर्थमन्त्रीकहाँ लविङ गर्न पुगेका हुन् । उनीहरुले अर्थमन्त्रीलाई भेटेर ब्रोकर कमिसन घटाउने काम कुनै हालतमा रोक्न दबाब दिएका छन् ।
केहि समय अगाडी उनीहरु एक हुनेसम्मका कुरा चलेका थिए । बोर्ड फुटाउ र राज गर भन्ने लाइनमा देखिएको भन्दै पूराना ब्रोकरहरुले नयाँ ब्रोकरसँग मर्ज भएर अघि बढ्न प्रस्ताव गरेका थिए । तर नयाँ ब्रोकर संघ नै फुट्ने देखेपछि नेतृत्व यस विषयमा तत्काल निर्णयमा पुगेको थिएन । तर, अहिले नयाँ ब्रोकर संघ पनि पूरानासँग मिसिएरै जाने पक्षमा रहेको बुझिएको छ । यद्यपी नेतृत्वले यसो गरे कडा प्रतिवाद गर्ने र धितोपत्र ब्रोकर एसोसिएसनलाई पुनार्गथान गर्ने तयारीमा केहि ब्रोकर छन् ।
धितोपत्र बोर्डले ब्रोकर कमिसन घटाउने निर्णय गरेर स्वीकृतिका लागि मन्त्रालय पठाएको छ । बोर्डको निर्णयलाई सदर गर्नेगरी टिप्पणीसमेत उठिसकेको छ । सो निर्णय स्वीकृत भई बोर्ड जान केहि प्रक्रिया मात्र बाँकी हुँदा स्टक ब्रोकर एसोसिएसन र धितोपत्र ब्रोकर एसोसिएसन एक भएर मन्त्रालय दौडेका हुन् ।
तर, बोर्डको निर्णयविरुद्ध नयाँ ब्रोकरहरु, पूरानाको लहैलहैमा लाग्दा नयाँ ब्रोकरहरुमध्ये धेरैको कागज नपुगेको भन्दै बोर्डमा उजुरी परेको, केहि कम्पनीको अस्तित्वमै प्रश्न उठेको र बोर्डले यसलाई गम्भीर भएर हेर्ने हो भने ती ब्रोकर नै खारेज हुने सम्भावनालाई नयाँ ब्रोकरहरुले बिर्सेका छन् । यसअघि बोर्डसँग निहुँ खोज्दा पूरानो ब्रोकर संघ बोर्डमा निषेधजस्तै छ । आफुले लगानीकर्ताको हितमा काम गर्न खोज्दा हुने कुनै अवरोधलाई नसहने प्रतिबद्धता गरेको बोर्ड नेतृत्व ब्रोकरहरुले यस्तैगरी निहुँ खोजे यसको ‘रचनात्मक प्रतिकार’मा उत्रने तयारीमा छ । यस विषयबारे जानकारी पाएर केहि ब्रोकरहरुले नयाँ ब्रोकरलाई पूरानोले किनिसकेकाले तेश्रो ब्रोकर एसोसिएसन जन्माउनुपर्ने निर्णयमा पुगेको भन्दै चर्चा सुरु भएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: