×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कालोबजारीयाहरुको गुण्डाराजः भारतबाट आउने भएपछि उद्योगीले निकाल्न थाले लुकाएको चिनी ! 

PRIME CA

कालोबजारीयाहरुको गुण्डाराजः भारतबाट आउने भएपछि उद्योगीले निकाल्न थाले लुकाएको चिनी ! 

१९ कार्तिक २०८०, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । केही समय अघिसम्म नेपालमा चिनीको हाहाकार नै मच्चियो । उत्पादन कम भएको भन्दै भारतले चिनीको आयातमा प्रतिबन्ध लगाएपछि नेपाली बजारमा पनि चिनीको सर्टेज नै भयो । अझ कतिपय व्यापारीहरुले त अभावको फाइदा उठाउँदै प्रतिकिलो १ सय २० रुपैयाँमा पाइने चिनीको भाउ १ सय ५५ देखि १ सय ६५ रुपैयाँसम्म पनि पुर्याए ।

त्यसैमाथि नेपाली बजारमा अत्याधिक चिनीको खपत हुने तिहार नजिकिएसँगै व्यापारीहरुले चिनीको कृतिम सर्टेज देखाए । यसरी चिनीमा देखाइएको कृतिम सटेजले तिहारको मुखमा चिनीको भाउ झनै महँगिने पक्का थियो ।

तर, तिहारको मुखमा नेपाली बजारमा चिनीको अभाव समस्या समाधान गर्न भारतले चिनी पठाउने भएपछि उद्यागीहरुले कृतिम अभाव देखाएर लुकाएको चिनी बजारमा निकाल्न थालेका छन् । भारतीय कृषि मन्त्रालयले नेपाललाई २५ हजार मेट्रिक टन चिनी आयात गर्न दिने निर्णय गरेसँगै उद्योगीहरुले लुकाएको चिनी निकाल्न थालेका हुन् ।

यसो त चाडवाडका समयमा नेपाली बजारमा कलोबजारी अन्य समयको भन्दा बढी नै हुनेगर्छ । तर, यसवर्ष भारतबाट चिनीको आयात गर्न नपाएपछि उद्योगीहरुले तिहारको मुखमा चिनी लुकाएका थिए । केही दिनअघि मात्रै पनि सरकारले चिनीमा कालोबजारी गर्नेविरुद्ध अभियान नै चलाएको थियो । चिनीको कारोबार गर्ने ठूला व्यापारीहरुको गोदाममा छापा मार्नुका साथै उद्योग वाणिज्य विभागले केहीलाई कारवाही समेत गरेको थियो ।

तिहारको मुखमा नेपाली बजारमा चिनीको अभाव देखिने भएपछि सरकारले चिनी आयात गर्नका लागि भारतलाई पत्र लेखेको थियो । सो लगत्तै भारतले तत्कालका लागि २५ हजार मेट्रिक टन चिनी आयात गर्न दिने निर्णय गरेपछि नेपाली बजारमा व्यापारीले लुकाएको चिनी बाहिर निकाल्न थालेका छन् । तर, उद्योगीहरुले भने चिनीको अभाव हटाउन सामुहिक रुपमा ३ हजार टन चिनी बजारमा पठाउने निर्णय गरेको बताएका छन् ।

बजारमा चिनीको सहजता भएसँगै र भारतले पनि ठूलो परिणाममा चिनी आयात गर्न दिने निर्णय गरेसँगै तिहारमा चिनी सस्तिने अनुमान गरिएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: