×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भैली खेल्ने आँगन छैन, टिका लाउने निधार छैन, पीडामा छ जाजरकोट, अहँ यता ‘तिहार छैन’ (फोटो-कथा)

अर्थ सरोकार

प्रकाशित मिति : २६ कार्तिक २०८०, आईतवार

PRIME CA

भैली खेल्ने आँगन छैन, टिका लाउने निधार छैन, पीडामा छ जाजरकोट, अहँ यता ‘तिहार छैन’ (फोटो-कथा)

काठमाडौं । तिहार आयो । तर भुइँ हल्लिएर सर्वश्व गुमेको जाजरकोटमा तिहारको कुनै रौनक छैन ।

एक त कसै न कसैको घरमा जुठो परेको छ, उनीहरुको घरमा तिहार हुने कुरै भएन । आफ्नो घरमा कोहि नबितेको भाग्य पाए पनि तेह्र दिने जुठो परेको छ धेरै परिवारमा । कसैका दाजु बिते, कसैका बहिनी बिते । अव यो तिहारमात्र होइन, जुनीभरका तिहार खल्लो हुनेगरी भुकम्पले सर्वश्व लुटेको छ जाजरकोटबासीहरुबाट ।

जुठो नपरेकाहरुको घरमा पनि तिहारको रौनक छैन । कतै-कतै सयपत्री फूलहरु त छन् तर पूजा गर्ने ढोका छैनन् । बाल्ने दियो छैन, पूजा गर्ने थाली छैन, भैली खेल्ने आँगन छैन ।

घर ढल्दा पिठो पुरियो, खाने अन्न छैन । पिठो भएको घरमा पनि रोटी पकाउने जाँगर छैन । र पनि तिहार त आउने रहेछ ।

लक्ष्मी माता, तिहारमा तिमी प्रति यहि पुकार छ, तिमीले ति भत्किएका घरहरुमा पनि बास बसिदेउ है । तिमी त भगवान हौ, तिमी त अन्तर्यामी छौ, खाने अन्नको गेडो र लाउने एक सरो लुगा नहुनेहरुलाई धनधान्यको आशिर्वाद देउ न है । माता भाग्यले जाजरकोटबासीलाई गरिब बनायो, तिमी त मान्छेहरुलाई धनी बनाउन सक्छौ नि होइन, उनीहरुलाई पनि धनी बनाईदेउ न है !

तिहारको यो अवसरमा भुकम्पपीडीत जाजरकोटबासीहरुलाई सुस्वास्थ्यको कामना ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: