×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

LAXMI SUNRISE BANK updated

टिकटक प्रतिबन्धविरुद्ध परेको १० मुद्दा ‘हेर्न नभ्याइने’मा, अर्को पेशी मंगलबार 

काठमाडौँ । टिकटक प्रतिबन्ध गर्ने सरकारी निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दा ‘हेर्न नभ्याइने’मा परेको छ । न्यायाधीश डा. कुमार चुडालको एकल इजलासमा परेको उक्त मुद्दा सुनुवाई सोमबार हेर्न नभ्याइनेमा परेको हो । चुडालको इजलासमा टिकटक प्रतिबन्धविरुद्ध १० वटा मुद्धा पेसीमा चढेको थियो । 

सोमबार टिकटक प्रतिबन्धविरुद्धको मुद्धा ‘हेर्न नभ्याइने’मा परेपछि अब उक्त मुद्धाको अर्को पेशी मंगलबार तोकिएको छ । 

त्यस्तै, मंगलबार टिकटक प्रतिबन्धबारे अदालतमा थप दुईवटा मुद्दा दर्ता भएको छ । 

यसअघि सरकारले कात्तिक २७ गते सामाजिक सद्भाव बिगारेको, अश्लिलता बढाएको र विकृति फैलाएको भन्दै टिकटक माथि प्रतिबन्ध लगाएको थियो । तिहार बिदा सकिएसँगै शुक्रबार टिकटक प्रतिबन्धविरुद्ध अदालतमा १० वटा मुद्दा दर्ता भएका थिए । 

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: