×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपालमा टिकटक पूर्ण रुपमा बन्द नभएको प्राधिकरणको निष्कर्ष, बन्द नगर्ने आईएसपीको लाइसेन्स खारेज हुने !

PRIME CA

नेपालमा टिकटक पूर्ण रुपमा बन्द नभएको प्राधिकरणको निष्कर्ष, बन्द नगर्ने आईएसपीको लाइसेन्स खारेज हुने !

१३ मंसिर २०८०, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले सामाजिक सञ्जाल प्लेटफर्म टिकटक बन्द नगर्ने इन्टरनेट सेवा प्रदायक कम्पनीको लाइसेन्स खारेज गर्ने चेतावनी दिएको छ । प्राधिकरणले एक सूचना जारी गर्दै टिकटक बन्द नगर्ने कम्पनीको लाइसेन्स खारेज गर्ने चेतावनी दिएको हो । 

प्राधिकरणले सोही सूचनामार्फत इन्टरनेट सेवा प्रदान गर्दै आएका ५५ कम्पनीहरुलाई टिकटक बन्द गरे नगरेको जानकारी गराउन ताकेता गरेको छ । 

आगामी २४ घण्टाभित्र टिकटक बन्द गरेनगरेको जानकारी नगराए दूरसञ्चार ऐन, २०५३ बमोजिम लाइसेन्स खारेजी लगायतको कार्वाही गरिने प्राधिकरणले चेतावनी दिएको हो । प्राधिकरणका अनुसार इन्टरनेट सेवा प्रदायक १७ कम्पनीमा गरिएको अनुगमनमा ११ वटा कम्पनीले टिकटक बन्द नगरेको पाइएको थियो । 

योसँगै अन्य विभिन्न कम्पनीहरुले पनि आफ्नो आईपीएसमा टिकटक बन्द नगरेको प्राधिकरणको निष्कर्ष छ । सोही अनुसार प्राधिकरणले टिकटक बन्द नगर्ने सेवा प्रदायकलाई कार्वाही गर्ने तयारी गरेको छ ।

यसअघि सरकारले कात्तिक २७ गते सामाजिक सञ्जाल टिकटकमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । सरकारको उक्त निर्णयविरुद्ध अदालतमा १२ वटा मुद्धा परेका छन् । 

यसअघिको सुनुवाईका क्रममा सर्वोच्चले टिकटक प्रतिबन्धविरुद्धको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो । सँगै अदालतले उक्त मुद्धाको पूर्ण सुनुवाइका लागि मंसिर १९ गतेलाई अर्को पेशी तोकेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: