×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अव डिजिटल वालेटको कारोबार सफल नभए १ दिनमै पैसा फिर्ता गर्नुपर्ने, बेलुकीको कारोबारमा समस्या आए के हुन्छ ?

PRIME CA

अव डिजिटल वालेटको कारोबार सफल नभए १ दिनमै पैसा फिर्ता गर्नुपर्ने, बेलुकीको कारोबारमा समस्या आए के हुन्छ ?

४ मंसिर २०८०, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । अवदेखि डिजिटल वालेटको कारोबार सफल नभएको खण्डमा ग्राहकहरुले एक दिन भित्र नै पैसा फिर्ता पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले सोमबार भुक्तानी प्रणाली सम्बन्धी एकिकृत निर्देशन जारी गर्दै यस्तो व्यवस्था गरेको हो ।

राष्ट्र बैंकका अनुसार १ दिन भनेको एक कार्य दिन हो । बेलुकीको कारोबारमा समस्या आए त्यसको २४ घण्टामा पैसा ग्राहकको खातामा आउनेगरी व्यवस्था गर्न नियामक राष्ट्र बैंकले निर्देशन दिएको हो ।

यसअघि वालेटमा पैसाको कारोबार सफल नहुने तर पैसा काट्ने समस्या हुँदा ती कम्पनीहरुले ३ देखि ५ दिनसम्ममा मात्र पैसा दिने गरेका थिए । अझ इसेवा वा फोनपेमा त यो समस्याले हप्ता दिनसम्म पनि सताउने गरेको थियो । तर अव भने एक कार्य दिनभित्र ग्राहकले पैसा फिर्ता पाउने भएका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: