×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

१० अर्ब घाटापछि भारतीय सेयर बजारबाट वारेन बफेट बाहिरिए

PRIME CA

१० अर्ब घाटापछि भारतीय सेयर बजारबाट वारेन बफेट बाहिरिए

१० मंसिर २०८०, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । सेयर बजारका बादशाहका रुपमा परिचित अमेरिकी लगानीकर्ता वारेन बफेट भारतीय सेयर बजारबाट बाहिरिएका छन् । भारतमा ६ सय ३० करोड भारतीय रुपैयाँ (करिब १० अर्ब नेपाली रुपैयाँ) घाटा खाएपछि उनी भारतीय सेयर बजारबाट बाहिरिएका हुन् ।

भारतीय फिनटेक कम्पनी पेटीएममा लगातार घाटा बेहोरेपछि उनी भारतीय सेयर बजारबाट बाहिरिएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार बफेट प्रमुख कार्यकारी अधिकृत (सिईओ) रहेको बर्कसायर हाथवेले पेटीएममा रहेको सम्पूर्ण सेयर ओपन मार्केटमार्फत १ हजार ३ सय ७० करोड भारुमा बिक्री गरेको हो ।

हाथवेले सन् २०१८ मा पेटीएमको १ करोड ७० लाख २७ हजार १ सय ३० कित्ता सेयर प्रतिकित्ता १२७९.७० रुपैयाँका दरले किनेको थियो । जसमध्ये बफेटलाई ६०० करोड भारतीय रुपैयाँ नोक्सान भएको छ ।

शुक्रबार बल्क डिलमा पेटीएमको १.५६ करोडभन्दा बढि कित्ता सेयर बिक्री भएको नेशनल स्टक एक्सचेन्ज (एनएसई)ले जनाएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: