×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अर्थमन्त्री महतले तेहेर्याएर भने- ‘अर्थतन्त्र लयमा फर्कँदैछ’

PRIME CA

अर्थमन्त्री महतले तेहेर्याएर भने- ‘अर्थतन्त्र लयमा फर्कँदैछ’

अर्थ सरोकार

प्रकाशित मिति : १३ पुष २०८०, शुक्रबार

काठमाडौँ । अर्थमन्त्री डा.प्रकाशशरण महतले तेह्र्याएर नेपालको अर्थतन्त्र विस्तारै लयमा फर्किंदै गएको बताएका छन् । यसअघि दुई पटकसम्म अर्थतन्त्र बिस्तारै लयमा फर्किंदै छ भनेर अभिव्यक्ति दिइसकेको अर्थमन्त्रीले शुक्रबार काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालय समाजको २०औँ वार्षिक साधारण सभामा पनि सोही कुरा भनेका हुन् ।

उनले ब्याजदर घट्दै गइरहेको, सेयर बजार बढिरहेको तथा घरजग्गा कारोबार पनि लयमा फर्किएकाले अर्थतन्त्र पनि लयमा फर्किंदै गरेको दाबी गरेका हुन् ।

‘धेरै बैंकहरुले ब्याजनदर घटाएका छन् । सेयर मार्केट पनि १८ सय हारहारीबाट २१ सय पुगेको छ, यो राम्रो संकेत हो ।’, अर्थमन्त्री महतले भने, ‘अहिलेको अवस्थामा जग्गा र सेयरमा राम्रो संकेत देखिएको छ । मुलुकको अर्थतन्त्र पनि बिस्तारै फर्किंदैछ ।’

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: