Skip to content
LAXMI SUNRISE BANK

नक्कली भुटानी शरणार्थी प्रकरणः बालकृष्ण खाँणबारे आज फैसला हुने, छुट्लान् कि थुनामै रहलान् ? 

अर्थ सरोकार

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई थुनामा राख्नेकी छाड्ने विषयमा आज सुनुवाइ हुने भएको छ । उक्त सुनुवाइका लागि उच्च अदालत पाटनको एकल इजलासमा आज पेशी तोकिने भएको हो ।  

यसअघि उच्च अदालत पाटनका न्यायाधीशहरु जनक पाण्डे र प्रकाश खरेलबीच खाँणलाई थुनामा राख्ने की धरौटीमा छोड्ने भन्ने विषयमा राय बाझिएको थियो । 

न्यायाधीश पाण्डेयले खाँणलाई ३० लाख धरौटीमा छोड्नुपर्ने राय दिएका थिए । तर, न्यायाधीश खरेलले भने खाँणलाई थुनामै राख्नु पर्ने राय दिएका थिए । दुवै न्यायाधीशहरुको राय बाझिएपछि निवेदन तेस्रो न्यायाधीशको इजलासमा पठाउने आदेशअनुसार आज एकल इजलासमा सुनुवाइ गर्ने तय भएको बताइएको छ ।

आज सुनुवाइका लागि गोलाप्रथाबाट छानिएका न्यायाधीशले खाँणलाई साधारण तारिखमा छोड्ने की थुनामै राख्ने भन्नेबारे आदेश दिनेछन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK