×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मंसिरमा मात्रै नेपालबाट विदेशिनेको संख्या ७१ हजार नाघ्यो 

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

मंसिरमा मात्रै नेपालबाट विदेशिनेको संख्या ७१ हजार नाघ्यो 

Artha Sarokar

४ पुष २०८०, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । मंसिर महिनामा मात्रै नेपालबाट ७१ हजारभन्दा धेरै नेपाली वैदेशिक रोजगारीका लागि विदेश पलायन भएका छन् । बढ्दो बेरोजगारीका कारण मंसिरमा ७१ हजार २७६ जनाले देश छोडेको वैदेशिक रोजगार विभागले जनाएको छ । मंसिरमा नेपालीहरुले संसारका १०८ देशमा वैदेशिक रोजगारीमा जाने भन्दै श्रम स्वीकृति लिएको विभागले जनाएको छ ।

यसरी विदेशिनेहरुमा ६४ हजार ३ सय ४२ जना पुरुष र ६ हजार ९ सय ३४ जना महिला रहेका छन् । 

मंसिर महिनामा ३६ हजार ८० जनाले पहिलो पटक श्रम स्वीकृति लिएको वैदेशिक रोजगार विभागको तथ्यांकमा उल्लेख छ । विभागको तथ्यांक अनुसार मंसिरमा व्यक्तिगत श्रम स्वीकृति मार्फत ७ हजार ९ सय ९७ जना विदेशिएका छन् भने मेनवापर तथा एजेन्सीमार्फत २६ हजार ३ सय ७५ जना विदेशिएका छन् । जसमध्ये सबैभन्दा धेरै नेपाली दक्षिण कोरिया गएको विभागले जनाएको छ  ।

त्यस्तै, वैदेशिक रोजगारीमा जानेमा सबैभन्दा धेरै धनुषा जिल्लाका रहेका छन् । दोस्रोमा झापाबाट नेपाली विदेशिएका छन् भने मोरङ, सिराह, रुपन्देही, महोत्तरी लगायतका जिल्लाबाट धेरै नागरिक विदेश पलायन भएका छन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी