×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मध्यपहाडी राजमार्गमा काम गर्ने तीन कम्पनी कालोसूचीमा, तीन वर्षसम्म खरिद कारबाहीमा भाग लिन प्रतिबन्ध !

PRIME CA

मध्यपहाडी राजमार्गमा काम गर्ने तीन कम्पनी कालोसूचीमा, तीन वर्षसम्म खरिद कारबाहीमा भाग लिन प्रतिबन्ध !

अर्थ सरोकार

प्रकाशित मिति : १२ पुष २०८०, बिहीबार

काठमाडौँ । सरकारले मध्यपहाडी राजमार्गमा काम गर्ने निर्माण कम्पनीहरुलाई कालोसूचीमा राखेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले पर्वत खण्डमा काम गर्ने एमपी/एससीएफ/ईसीसी जेभी सुर्खेतलाई कालोसूचीमा राखेको हो ।

कालोसूचीमा परेको एमपी/एससीएफ/ईसीसी जेभीमा भारतको पश्चिम बंगालका आदित्य सितानीको नेतृत्वको एमपी सितानी एण्ड सन्स, सूर्य बहादुुर खड्काको सूर्य कन्स्ट्रक्सन फर्म प्राली र सुरेन्द्र राज पौडेल मुख्य व्यक्ति रहेको एलिट कन्स्ट्रक्सन प्राली, सुकेधारा रहेका छन् ।

कालोसूचीमा परेसँगै यी कम्पनीहरुले आगमी तीव वर्षसम्म सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन् । यी कम्पनीहरुलाई सडक विभाग, पुष्पलाल (मध्यपहाडी) राजमार्ग अयोजना निर्देशनालय, पुष्पलाल मध्यपहाडी राजमार्ग योजना कार्यालय कुश्मा, पर्वतले कालोसूचीमा राख्न सिफारिस गरेको थियो ।

योसँगै पोखरा महानगरपालिका, नगर कार्यपालिकाको कार्यालय, कास्कीको सिफारिसमा भावेश बोहोर मुख्य व्यक्ति रहेको भूमि इन्फ्रास्टक्चर प्रालीलाई पनि दुई वर्षका लागि कालोसूचीमा राखिएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: