काठमाडौँ । लेखापरीक्षकहरुको नियमनकारी निकाय नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)को प्रचलित नियम विपरित देखिनेगरी काम गरेर सिटिजन्स बैंकले प्रोफेसनल छविका बरिष्ट चार्टर्ड एकाउन्टेन्ट प्रभु रामभण्डारीको सिए फर्म जोशी एण्ड भण्डारीलाई विवादमा तान्ने ‘दुष्प्रयास’ गरेको छ । आइक्यानको प्रचलित नियमअनुसार लेखापरिक्षण सम्बन्धि कुनै पनि कामको कुनै पनि खालको प्रमोसन गर्न पाईदैन । तर बैंकको कर्पोरेट कम्युनिकेसन विभागले विभिन्न मिडियाहरुलाई आन्तरिक लेखापरिक्षणको काम गर्नेगरी सो सिए फर्मसँग सम्झौता भएको भन्दै रिलिज पठाएको छ ।
सिटिजन्स सोहि बैंक हो, जसले विभिन्न मिडियामा प्रकाशित समाचार गनेर पैसा भुक्तानी गर्नेगरी विभिन्न मिडियाहरुसँग सम्झौता गरेको छ ।
आइक्यानको प्रचलित नियमअनुसार कुनै पनि सिए फर्मले गर्ने काम कार्वाहीको विज्ञापन गर्न पाईदैन । तर सोहि नियम तोडिनेगरी सिटिजन्स बैंकले भण्डारीलाई विवादमा तान्ने दुष्प्रयास गरेको छ ।
जोशी एण्ड भण्डारीका पार्टनर प्रभु राम भण्डारी नेपाली सिए क्षेत्रमा सार्है प्रोफेसनल सिए मानिन्छन् ।
यता भण्डारीले भने सिटिजन्स बैंकले मिडियामा पठाएको रिलिजबारे आफुलाई थाहा नभएको बताएका छन् ।
‘हामीले त प्रतिष्पर्धा गरेर, जितेर सो अडिटको काम पाएका हौँ । यो यसरी सार्वजनिक गर्नुपर्ने विषय होइन ।’ भण्डारीले अर्थ सरोकारसँग भने, ‘जसरी सिए फर्मले फलानो मेरो क्लाइन्ट भनेर गर्व गर्छन्, त्यसरी नै सिटिजन्स बैंकले पनि फलानो हाम्रो इन्टरनल अडिटर भनेर गर्व गर्न खोजेको होला । तर त्यसरी रिलिज नै गर्नुपर्ने विषय भने यो होइन ।’ उनका अनुसार सिटिजन्स बैंकले यसरी खुला प्रतिष्पर्धाबाट पहिलोपटक आन्तरिक लेखापरिक्षण गराउन खोजेको हो ।
यता सिटिजन्स बैंकका प्रवक्ता नारायण अधिकारीले भने आफुलाई यस विषयमा थाहा नभएको तर्क गरे । ‘यस विषयमा मलाई थाहा नै भएन । म बुझेर खबर गर्छु ।’ बैंकका प्रवक्ता अधिकारीले अर्थ सरोकारसँग भने ।
‘सकेसम्म सूचना लुकाउने’ र फोन पनि नउठाउने बैंकका ‘नाम मात्रका सूचना अधिकारी’ राजेन्द्र लाल श्रेष्ठले यसपटक पनि फोन उठाएनन् ।
स्मरण रहोस्, बैंकका हालका सीइओ गणेश राज पोखरेल आइक्यानले नै अनुशासनको कार्वाही गरेका व्यक्ति हुन् ।उनले गरेको एक काम आइक्यानको प्रचलित नियम विपरित भएको पुष्टी भएपछि पोखरेललाई यसअघि आइक्यानले अनुशासनको कार्वाही गरेको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्