बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएकाहरुको संगठन ‘ऋणी एसोसिएसन’ गठन भएको छ । दुर्गा प्रसाईंको अध्यक्षतामा बसेको पुष ८ गतेको राष्ट्र रस्ट्रियता धर्म संस्कृति तथा नागरिक बचाउ महाभियानको सचिवालय बैठकले देबी संग्रौलाको संयोजकत्वमा सो संगठन गठन गर्ने निर्णय गरेको हो।
प्रसाईंले बैंक तथा वित्तीय समस्याका समाधानका लागि सो संगठन गठन गरिएको दाबी गरेका छन् । उनले सो संगठनमा आवद्ध हुन र थप जानकारी लिन ९८०२४८३८२४ मा सम्पर्क गर्न सकिने भन्दै फोन नम्बरसमेत सार्वजनिक गरेका छन् ।
केहि समय अघि ऋणीहरुको संगठन गठन हुन लागेको चर्चा भएको थियो भने अभियानता दिपेन्द्र कंडेललेसमेत ऋणीहरुको संगठन आवश्यक भएको भन्दै सार्वजनिक अभिव्यक्ति दिएका थिए ।
अव सो संगठनले ऋणीहरुको हकहितमा काम गर्ने दाबी प्रसाईंको छ । ऋणीहरु औपचारिक रुपमै संगठित भएपछि बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरु भने तनावमा छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्