×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

फरवार्ड माइक्रोफाइनान्सको हदैसम्मको मनपरी, मनपरीको कारण नेप्सेकै लाचारी, ‘हाकिम मिलाउने जिम्मा सीईओलाई’ !

अर्थ सरोकार

प्रकाशित मिति : २८ मंसिर २०८०, बिहीबार

PRIME CA

फरवार्ड माइक्रोफाइनान्सको हदैसम्मको मनपरी, मनपरीको कारण नेप्सेकै लाचारी, ‘हाकिम मिलाउने जिम्मा सीईओलाई’ !

काठमाडौं । फरवार्ड माइक्रोफाइनान्सको सेयर कारोबार रोक्का भएको छ । सेयर मुल्यलाई प्रभावित पर्नेगरी कारोबार समयमा लाभांश सम्बन्धि जानकारी सार्वजनिक गरेको भन्दै नेप्सेले फरवार्डको सेयर कारोबार रोक्का गरेको हो । सेयर कारोबार रोक्का गर्दै नेप्सेले फरवार्डलाई स्पष्टीकरणसमेत सोधेको छ । कम्पनीको सेयर कारोबार रोक्का हुँदा लगानीकर्ताहरु भने मारमा परेका छन् ।

नेप्सेले केहि समय सेयर कारोबार रोक्का गर्ने, थप कारवाही नगर्ने, र स्पष्टीकरणका नाममा सामान्य जवाफ पठाउँदा कम्पनीले गर्न खोजेको चलखेलमा क्लिन चिट पाउने थाह पाएर फरवार्डका संचालकहरुकै निर्देशनमा यस्तो गलत काम भएको स्वयम कम्पनीका संचालकको दावी छ । जसका लागि कम्पनीले कम्पनी सचिव/सीईओलाई प्रयोग गरेको र नेप्सेका हाकिमलाई ‘मिलाउने’ जिम्मा पनि सीईओलाई नै दिईएको ति संचालकको दावी छ । यस विषयमा जानकारी लिन खोज्दा गुनासो सुनुवाई अधिकृत हिरा कुमारी ठण्डरले नेप्सेको स्पष्टीकरणबारे आफुलाई केहि पनि थाहा नभएको दावी गरेकी छिन् । ठण्डरले आफुलाई यस विषयमा केहि थाहा नभएको र यसबारे बुझ्न कम्पनीका डेपुटी सीईओ कृष्ण प्रसाद भट्टराईलाई सम्पर्क गर्न आग्रह गरिन् । तर भट्टराई फोन नलाग्ने बनाएर बसेका छन् ।

यसअघि पनि नेप्सेले यस्तो गलत काम गर्ने कुनै कम्पनीलाई पनि कारवाही गरेको छैन । जसका कारण नेप्से र सम्बन्धित कम्पनीकै मिलेमातोमा लगानीकर्ता डुबाउने खेल हुने गरेको आरोप लाग्दै आएको छ ।

फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले गत वर्षको नाफाबाट सेयरधनीलाई लाभांश वितरण नगर्ने जानकारी नेप्सेलाई बिहीबार कारोबार समयमा पठाएको थियो । संस्थाले  बुधबार साझ ७ बजे बसेको सञ्चालक समिति बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको बताईए पनि सो जानकारी केहि दिन अगावै बजारमा लिक भईसकेको थियो ।  सेयर कारोबार रोक्का गर्दै नेप्सेले ३ दिनभित्रमा स्पष्टीकरण पेश गर्न कम्पनीलाई निर्देशन दिएको छ । यद्यपि, यो स्पष्टीकरण औपचारिकताका लागि मात्र सोधिएको छ, जसमा फरवार्डलाई कुनै पनि कारवाही नहुने निश्चित छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: