×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

इजरायल-हमास युद्धः गाजामा रोजगारी गुमाउनेको संख्या ६६ प्रतिशत नाघ्यो, महँगी र भोकमरीको चपेटामा नागरिक !

PRIME CA

इजरायल-हमास युद्धः गाजामा रोजगारी गुमाउनेको संख्या ६६ प्रतिशत नाघ्यो, महँगी र भोकमरीको चपेटामा नागरिक !

अर्थ सरोकार

५ पुष २०८०, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । इजरायल–हमास युद्धका कारण गाजामा रोजगारी गुमाउनेको संख्या ह्वात्तै बढेको छ । लगातारको युद्धका कारण पूर्ण रुपमा प्रभावित बनेको गाजामा युद्ध सुरु भएयता झण्डै ६६ प्रतिशत मानिसहरुले रोजगारी गुमाएका छन् ।

युद्धका कारण गाजाका ६६ प्रतिशत नागरिकले रोजगारी गुमाएको अन्तराष्ट्रिय श्रम संगठन (आईएलओ) र प्लोस्टिनी तथ्यांक कार्यालयको तथ्यांकमा उल्लेख गरिएको छ ।

अक्टोबर ७ मा सुरु भएको इजरायल–हमासबीचको युद्धपछि गाजा क्षेत्रमा पुगेको क्षति निकै ठूलो छ । लगातारको युद्धबाट त्राहिमाम बनेको गाजा क्षेत्रमा कम्पनी, उद्योग लगायतका क्षेत्र सञ्चालन चुनौतिपूर्ण छ । त्यसैमाथि युद्धकै कारण फ्याक्ट्री, कम्पनी, निर्माण क्षेत्र लगायतका रोजगारी सृजना गर्ने क्षेत्रमा क्षति पुग्दा रोजगारी गुमाउनेको संख्या बढ्को अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

युद्धअघिको तुलनामा अहिले गाजामा रोजगारी दुई तिहाइले घटेको आईएलओ र प्यालेस्टिनी केन्द्रीय तथ्यांक ब्यूरो (पीसीबीएस) जानकारी गराएको छ । यसले निकट भविष्यमा डरलाग्दो अवस्था सृजना गर्न सक्ने विज्ञहरुले बताएका छन् । यसै पनि युद्धका कारण गाजा क्षेत्र पछिल्लो केही महिनादेखि महँगी र भोकमरीको पनि सामना गर्दै आएको छ ।

त्यस्तै, गाजाका प्यालेस्टिनीहरूले लामो समयदेखि गरिबी, जोखिम र उच्च बेरोजगारी दरको सामना गरिरहेको अन्तरराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: