काठमाडौँ । नेप्सेमा पोजिटिभ सर्किट लागेपछि सेयर लगानीकर्ताहरुले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई धन्यवाद दिएका छन् । मौद्रिक नीतिको कसिलो नीतिकै कारण सेयर बजार राताम्य भएको विश्लेषण गरेका लगानीकर्ताले राष्ट्र बैंकले समिक्षामार्फत सेयर धितो कर्जामा लचक नीति लिएपछि बजार बढेको भन्दै गभर्नर अधिकारीलाई धन्यवाद व्यक्त गरेका हुन् ।
लगानीकर्ता शैलेन्द्र थापाले आफुले गभर्नरलाई धन्यवाद सन्देश पठाएको बताएका छन् । ‘मैले गभर्नर सापलाई थान्क यु गभर्नर साप’ भनेर सन्देश पठाएको बताएका छन् । गभर्नर लचिलो भएकै कारण बजारमा उत्साह थपिएको उनको तर्क छ । ‘गभर्नर अधिकारीलाई यसपटक त धन्यवाद दिनैपर्छ । उहाँकै कारण बजारमा सकारात्मक माहोल देखिएको छ ।’
सामाजिक संजालमा पनि गभर्नरलाई सन्देश भन्दै लगानीकर्ताहरुले राष्ट्र बैंकका गभर्नर अधिकारीलाई धन्यवाद दिईरहेका छन् ।
नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जामा जोखिम भार घटाएको थियो । यसले बजारको सेन्टिमेन्ट बलियो बनाउन सहयोग गरेको विश्लेषण सेयर बजारका जानकारहरुकोसमेत छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्